लम्की। देउसी भैलो खेल्ने नाममा कैलालीका केही सञ्चारमाध्यामले अराजकता मञ्चाएको लम्की बजारबासिले आरोप लगाएका छन् । मदिरामा मस्त भएका देउसे तथा भैलेहरुले बिभिन्न बहानामा जबरजस्ती बजारमा अराजकता मञ्चाई रहेको ब्यापक जनगुनासो आएको हो ।
संञ्चार माध्यमबाट देउसि भैलो खेलेको भन्दै एफ एम रेडस्टारको नाममा लम्की बजारमा पछिल्लो समयमा निद्रोस ब्यक्तिमाथि आक्रमण भैरहेको ब्यापक जन गुनासो आएका छन् ।
एफ एमको देउसि भैलो भन्दै मदिरा सेवन गरेका ब्यक्तिले लम्कीचुहा नगरपालिका २ तिल्केनी लम्की निवासि अनुपम न्यौपाने माथि समेत सांघातिक आक्रमण गरेको पिडित न्यौपानेले गुनासो गर्नु भएको छ ।
बजारमा समेत जबरजस्ती देउसी र भैलोको नाममा जबरजस्ती धम्कीपुर्ण भाषामा मोटो रकम असुल गर्दै आएको एफ एम रेडस्टारको देउसि भैलो कार्यक्रमको नाममा बेलुकि पख सड्कमा भेटिने स्थानियहरुलाई समेत कुटपिट गर्ने गरेको स्थानियको आरोप छ ।
स्थानियलाई बिनाकारण कुटपिट गरेपछि किन यसो गरेको भन्दै सोधन गएका स्थानिय अनुपम न्यौपानेलाई आफु एम एम रेडस्टारको प्रबन्धक निर्देशक बताउने मदिरा सेवन गरेर लठ्ठ भएका बसन्त जैशी नाम बताउने ब्यक्तिले आफुलाई एफ एम रेडस्टारको कार्यालयमा करीब २/३ घण्टा बन्धक बनाएको गुनासो गरेका छन ।
सञ्चारको आड्मा समाजमा बिभिन्न बिकृति मञ्चाउदै आएको बसन्त जैशीलाई नेपाल प्रेस काउन्सील, नेपाल पत्रकार महासंघ, प्रशासनले तत्काल छानबिन गरी आवगश्यक कारबाहि गर्न समेत स्थानियले माग गरेका छन ।
सञ्चारको आडमा यस भन्दा अघि विं. सं. २०७१ साल अषाढ ३१ गते लम्कीचुहा नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रममा समेत लम्कीचुहा २ निवासि एफ एम रेडस्टारको प्रबन्ध निर्देशक बताउने बसन्त जैशीले स्थायिलाई भड्काउदै पत्रकारमाथि हातपातको प्रयास गरेको स्थानियले बताएका छन ।
आफु पत्रकार भएको बताउदै आएका जैशीले लम्कीस्थीत बिभिन्न प्राईभेट कम्पनि तथा ब्यवसायबाट पनि मोटो रकम असुल गर्दै आएको ब्यापक जनगुनासो आएको छ । लम्की टीकापुर रोड्मा रहेको कर्णली अमृत पानीको उत्पादन गदै आएका केदार भण्डारीले सञ्चालन गदै आएको कम्पनिबाट समेत उनले मोटो रकम असुलेको गुनासो छ ।
यसरी पत्रकार र सञ्चारको आड्मा पत्रकार र आम सञ्चार माध्यामको नै बेजत हुनेगरी लम्कीमा भै रहेको गतिबिधिलाई नेपाल पत्रकार महासंघ र प्रेस काउन्सीलले बिषेश ध्यान दिनु पर्ने स्थानियले आग्रह गरेका छन । यस्ता गतिबिधिमा संलग्न जो कोहिलाई तत्काल पक्राउ गरी कारबाहि अगाडि बढाउन समेत स्थानियले जोडदार माग गरेका छन ।