काठमाडौं । संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालालाई सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिले आइतबार निरालाको संसदीय सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनुभवका आधारमा योग्य देखिएको हुँदा निराला सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिए।
समितिले आइतबार उनीविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने तय गरेको थियो तर उनीविरुद्ध कुनै पनि उजुरी नपरेपछि आजै सुनुवाइ भएको हो ।
निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो ।
यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले उनलाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।