arrow

गैँडा मृतावस्थामा भेटियो

logo
प्रकाशित २०७६ पुष २० आइतबार
rhino-nawalparasi.jpg

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैँडा आइतबार बिहान मृतावस्थामा भेटिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी छ वर्षको पोथी गैँडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका १० चिलाहामा मृत फेला परेको हो ।

अन्नबाली खान आएको गैँडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए।

  निकुञ्जले चालु आर्थिक वर्षमा छ गैँडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ