arrow

नबिल बैंक र आइसीआइसीआई बैंकबीच सम्झौता

logo
प्रकाशित २०७६ पुष २० आइतबार
abil.jpg

काठमाडौं। नबिल बैंक लिमिटेड र भारतीय बैंक ‘आईसीआईसीआई बैंक’ बीच  समझदारीपत्रमा हस्तारक्षर  भएको छ । उक्त सम्झौता अनुरुप दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण, ट्रेजरी  लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन  ढाँचा सिर्जना गर्ने जनाइएको छ । उक्त सम्झौता पत्रमा नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले  हस्ताक्षर गरे ।

यस सम्झौता मार्फत सहकार्यका लागि एकसाथ  हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रुपमा लाभ उठाउने विश्वास दुबै बैंकले लिएका छन्।
कार्यक्रममा बोल्दै  शाहले भने, ‘आईसीआईसीआई बैंकसँग साझेदारी गर्न पाउदा हामीलाई गर्व लागेको छ । यो सम्झौताले नबिल बैंक र आईसीआईसीआई बैंकबीच नलेज शेयरिङ र नेटवर्क सञ्जाललाई थप बलियो बनाउन प्लेटफर्म सिर्जना गर्नेछ, खासगरी भारतसँग व्यापार गरिरहेका हाम्रा ग्राहकलाई यसबाट लाभ मिल्ने हाम्रो विश्वास रहेको छ ।’

बैंकले नेपालभर आफ्ना  ९७ शाखा  १ सय ४३ एटीएम काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ