arrow

पाँच सय बर्ष अघि नेस्त्रेदमसले गरेको भबिष्यवाणी र विश्वयुद्ध उन्मुख बर्ष २०२०

कुन देश कता ?

logo
गोबिन्द अधिकारी,
प्रकाशित २०७६ पुष २१ सोमबार
worldwar-iii.jpg

काठमाडौं। अमेरिकी सेनाले इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारेपछि तेस्रो विश्वयुद्धको अड्कल गरिएको छ।  इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार इरानी सैन्य कमाण्डर कासिम सुलेमानी  मारिएपछि खाडी क्षेत्रमा तनाव फैलिएको छ। विश्वका विभिन्न देशहरु शान्तिको अपिल गरिरहेका छन्।

यता इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खोमेनीले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिसकेका छन्। यसैबीच अमेरीकी दुताबासलाई लक्षित गरि आक्रमण गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिक माथि आक्रमण गर्ने जोकोहिलाई पनि नछोड्ने बताएका छन्। अमेरिकाको आतंकवादीप्रति नीति स्पष्ट रहेको उनले बताएका छन्। 'इरान एक यस्तो आतंकवादीको हत्याको बदला लिन खोजेको छ जसले अमेरिकी नागरिकको हत्या गरेको छ।' ट्रम्पले इरानलाई चेतावनी दिदै भनेका छन्,'यदि इरानले यस्तो गरे हामीले इरानको ५२ लक्ष्यको पहिचान गरेका छौ  जसलाई निशाना बनाएर ध्वस्त पार्नेछौ।'

तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै अमेरिकाले पश्चिम एसियाको लागि ठुलो संख्यामा सेना  खटाएको छ। अमेरिकी युद्धपोत समेत इरान तर्फ सोझिएका छन्।

यता इरान समर्थक मिलिसियाले ३५ अमेरिकी स्थान निशाना बनाएको बताएको छ। यसमा प्यालेस्टाइनको खाडिमा रहेको अमेरिकि युद्धपोत  र पश्चिम एशियामा रहेका अमेरिकी सेना रहेका छन्। साथै इरानले आफ्ना मस्जिद माथि रातो रंगको झण्डा लगाएको छ। जसलाई युद्धको सुरुवात वा तयारीको रुपमा बुझिएको छ।  इरानले सुलेमानी मारिएकोमा देशभरी नै तीन दिन सम्मका लागि राष्ट्रिय शोक मनाएको थियो।

इरानले दिएको यस चेतावनी नै तेस्रो विश्वयुद्ध हुने मानिन थालिएको छ। इरानमाथि यसअघि पनि परमाणु बम बनाउने आरोप लागेको छ।  पहिलो विश्व युद्धमा ९० लाख मानिसको मृत्यु भएको थियो। दोस्रो विश्वयुद्धमा ७ करोड मानिसको मृत्यु भएको थियो।

नेस्त्रेदमस भबिष्यवाणी
विश्व नेस्त्रेदमसले ५०० बर्ष पहिले गरेको भबिष्यवाणी नजिक पुगेको छ । नेस्त्रेदमस फ्रान्सका १६ औं शताब्दी (१५०३– १५६६) शताब्दीका भविष्यवक्ता थिए। नेस्त्रेदमस आफ्नो सही भविष्यवाणी को लागी विश्वभर परिचित छन् । महान फ्रान्सेली भविष्यवक्ता नेस्त्रेदमसका धेरै भविष्यवाणीहरू सत्य साबित भए। जसमा दुई विश्व युद्धहरू छन्, नेपोलियनको उदय, नाजी तानाशाह हिटलरको अस्तित्व। नेपोलियन र हिटलरलाई  नेस्त्रेदमसले ईश्वरविरोधी भन्थे।

नेस्त्रेदमसले २०२० को बारेमा धेरै भविष्यवाणीहरू गरे। उनको अनुसार, यो वर्ष धेरै हिंसात्मक हुन सक्छ। मुलुकमा जहाँ लामो समयदेखि विवाद भइरहेको छ, त्यहाँ युद्ध जस्तो अवस्था हुन सक्छ। नेस्त्रेदमसले २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै ठूला राजनीतिज्ञहरूको बारेमा भविष्यवाणी गरेका छन्। उनको भविष्यवाणी अनुसार २०२० मा रूसी राष्ट्रपति भ्लादिमीर पुटिनको हत्याको प्रयास हुन सक्छ । यस बाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो नोक्सान भोग्नुपर्नेछ।

नेस्त्रेदमसले किताब 'द प्रोफेसिस' मा २०२० लाई विनाशको बर्ष उल्लेख गरेका थिए। उनको भबिष्यवाणीका अनुसार संसारका ठुला ठुला शहरहरुमा गृह युद्ध जस्तो अवस्‍था हुनेछ। यसका साथै सन् २०२० मा कयौ देशबिच टकराब बढ्नेछ। उनले तेस्रो विश्वयुद्धको आशंका गरेका छन्।

नेस्त्रेदमसले किताब 'द प्रोफेसिस' मा नै नेस्त्रेदमसले बेलायती राजुकुमारी डायनाको मृत्युको पनि भबिष्यवाणी गरेका थिए। एक सडक दुर्घटनामा राजुकुमारी डायना र अमेरिकि राष्ट्रपति जोन एफ केनेडिको हत्याको पनि पुस्तकमा उल्लेख रहेको बताइन्छ। जुन सत्य सावित भएको छ।

नेस्त्रेदमसको यो भबिष्यवाणी सत्य भए विश्व पुन अर्को तेस्रो विश्वयुद्धको आगोमा दन्किनेछ। संसारका ठुला शहरहरुमा गृह युद्ध जस्तो अवस्‍था हुनेछ।

नेस्त्रेदमसको भविष्यवाणीमा, तेस्रो विश्व युद्धको सम्भावना पनि व्यक्त गरिएको छ। नेस्त्रेदमसको भविष्यवाणी अनुसार संयुक्त राज्य अमेरिका २०२० मा एसियामा सबैभन्दा ठूलो सैन्य अभ्यास शुरू गर्न जाँदैछ। उही समयमा, नेस्त्रेदमसले यो वर्ष हिंसात्मक वर्ष हुनेछ भनेर पनि भनेका छन्। चाखलाग्दो कुरा, नेस्त्रेदमसले आफ्नो पुस्तकमा दुई विश्व युद्ध पछि तेस्रो विश्व युद्धको बारेमा भनेका छन्।

नेस्त्रेदमसले २०२० मा विश्वको आर्थिक अस्थिरताको वर्ष हुन सक्छ भनेका छन्। नेस्त्रेदमसको भविष्यवाणी मान्ने हो भने यस समय लगभग संसारका सबै ठूला देशहरुको आर्थिक अवस्था धेरै गाह्रो छ। गत केही दशकमा आफ्नो तीव्र वृद्धि दरको साथ विश्वको ध्यानआकर्षण गर्ने चीन र भारत पनि कठिन आर्थिक अवस्थाको सामना गरिरहेका छन्। नेस्त्रेदमसले भनेका छन् आर्थिक मामिलालाई लिएर चीन र अमेरिका बीचको द्वन्द्व हुन सक्छ।

को कता ?  
इरानसँग संसारकै ठुलो राष्ट्र रुस जानेछ। रुससँगै चीन पनि इरानको पक्षमा हुनेछ। रुस र चीन गठबन्धन  राष्ट्र हुन्। यमनले इरानलाई सहयोग गर्नेछ। लेबनान, सीरिया, प्यालेसटाइनले इरानबाट युद्ध लड्नेछन्।  

अमेरीकाको समर्थनमा इङ्ल्याण्ड पुग्नेछ। लामोसमयदेखि अमेरीकासँगको  गठबन्धनमा रहेको फ्रान्स इरानको पक्षमा रहनेछ। अमेरिकासँग पुरानो सम्बन्ध रहेको इजरायल अमेरीकाको पक्षमा रहनेछ। साउदी अरब इमान्दार भएर अमेरिकाको पक्षमा रहनेछ। जोर्डन, युनाइटेड अरब इमिरेट अमेरिकाको समर्थक हुनेछन्।

जनरल सुलेमानीको मृत्युपछि इरानले तेस्रो विश्वयुद्धको  तयारी मानिएको छ। जुलाइ २०१५ मा रुसी राष्टपति भ्लादिमिर पुटिनले अमेरिकाको प्रतिबन्ध बाबजुद जनरल सुलेमानीसँग भेट गरेका थिए। जनरल सुलेमानीको मृत्युपछि चीनले स्पष्ट शब्दमा अमेरिकाले शक्तिको दुरुपयोग नगरोस भनिसकेको छ।

सुलेमानीको मृत्युपछि भारतलाई इरान र अमेरिका कसको पक्ष लिने हो भन्न गाह्रो छ। भारतलाई आफ्नो क्षेत्रमा शान्ति र स्थायित्व राख्न चुनौती हुनेछ।भारत भ्रमणमा रहेका  इरानका मन्त्री मोहसिन जनवादीले आफुसँग जसले जस्तो व्यवहार गर्छ त्यसलाई  त्यस्तै जवाफ दिने बताएका छन्।  

अमेरिका–इरान तनाव लम्बिए पेट्रोलियम पदार्थको मूल्य चर्को हुनेछ अनि भारतीय अर्थतन्त्रमा ठूलो धक्का लाग्नेछ। डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै जानेछ। भारतमा महंगी बढ्न सक्छ। अमेरिकाले इरानमाथि हमला गरेर विश्वमा उदीयमान भारतीय अर्थतन्त्रलाई तहसनहस पारिदिने देखिएको छ।

भारतको अर्थतन्त्र धराशयी भए नेपालमा सोझो प्रभाव पर्ने देखिन्छ। भारतमा निर्भर रहेको नेपाली अर्थतन्त्र कमजोर हुनेछ। बजार मूल्य आकशिने छ। पेट्रोल, डिजल तथा खाना पकाउने ग्यास पाउन सहज हुने छैन।  सर्वसाधरणको जीवन कष्ठकर बन्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ