arrow

सिड्नी प्रकरणमा पर्यटनमन्त्री भट्टराईको प्रस्टिकरण

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
yogesh-bhattarai-final-aust.jpg

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिड्नी प्रकरणमा प्रस्टिकरण दिएका छन् । मंगलबार सामजिक सञ्जाल फेसबुक मार्फत पर्यटनमन्त्री भट्टराईले मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको बताएका छन् ।  

मन्त्री भट्टराईले अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा एनआरएनएलगायतका संघ  संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको लेखेका छन् ।

 एनएसडब्लु स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा उनीहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको उनले उल्लेख गरेका छन् ।

साथै  उनले काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ! भनि प्रश्न समेत गरेका छन् ।

भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका मन्त्री भट्टराईले नेतृत्व गरेको र्‍यालीलाई सिड्नीस्थित ओपेरा हाउसको सुरक्षाकर्मीले रोकेको थियो ।  कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै सुरक्षाकर्मीले ओपेरा हाउससम्म जान रोकेको हो। यसलाई अधिकार सम्बन्धी कानुन भन्दा बाहिर रहेकाले र्‍यालीमा रोक लगाइएको सिडनी काउन्सिलले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ