काठमाडौं । काठमाडौं उपत्यकाको भिजिबिलिटी कम हुँदा हवाइ उडान ठप्प भएको छ । बिहीबार बिहानको भिजिबिलिटी मात्र एक किलोमिटर रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मौसम बासीले बताएकी छिन् ।
जहाज उडानका लागि कम्तीमा दुई किलोमिटर भिजिबिलिटी चाहिने भन्दै बासीले एक किलोमिटर मात्र हुँदा उडान ठप्प रहेको जानकारी दिइन् ।