नागरिकको अधिकार खोसिनेहरु स्वयम् नासिने : नवीन्द्रराज जोशी
प्रकाशित २०७६ पुष २४ बिहिबार
971
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानविरोधी विधेयकहरु ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरुद्धको सभालाई सम्बोधन गर्दै नेता जोशीले सरकारका कारण लामो समयको संघर्ष र बलिदानपछि प्राप्त अधिकारहरु खोसिदै गएको दाबी गरे ।
“लोकतान्त्रिक व्यवस्था माथि सरकारले प्रहार गरेको छ । नेपाली जनताले लामो संघर्ष बलिदानपछि प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरु खोसिदै छन्,” उनले भने, “आज जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयकहरु आएका छन् ।”
नेपाली जनतालाई जिस्क्याउने काम भयो भने नागरिकको अधिकार खोसिनेहरु स्वयम् नासिने बताए।
नेविसंघका नेता सुशिल भट्टको संयोजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, प्रतिमा गौतम, पूर्ब उपाध्यक्ष डील्लीराम सुबेदी, राम प्रसाद अधिकारी, पूर्ब सहमहामन्त्री बलदेव तिमल्सिना, पूर्ब केन्द्रिय सदस्य युबराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेको विद्यार्थी नेता निरन्जन थापाले जानकारी दिए।