arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरद्धारा जागेश्वरलाई १० लाख

‘लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति’ योजनाको बम्पर उपहार

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
city-express-bumper.jpg

काठमाडौं। सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६ – न यति न उति सिधै लखपति” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक – टेलिमनी बाट पैसा पठाई बम्पर उपहार दश लाख रुपैयाँको लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन्। सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्टममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो।

यस उपहार योजना अवधिभर हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार  नगद र ३ जनाले रु एक लाख नगद प्राप्त गरिसकेको सिटी एक्सप्रेसले विज्ञप्ति जारी गर्दै जनाएको छ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो। सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६–न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा दश हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले दश लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६–न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो। यो योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म चलेको थियो।

यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएको सिटी एक्सप्रेसले जनाएको छ। सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ।



नयाँ