arrow

चितवनमा कारको ठक्करबाट दुईको मृत्यु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
105688518.jpeg

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिकै कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकोे छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ स्थित भण्डाराको मार्ताल पुल नजिक भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना १३ च ३२१५ नम्बरको कारको ठक्करले दुई पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्ती नगरपालिका– ८ का १७ वर्षीय असीम पौडेल र सोही ठाउँकी २० वर्षीया जस्मिना उप्रेती छन् । कारको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ३२ वर्षीया जानुका कोइरालाको भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था समेत चिन्ताजनक छ । ठक्कर दिने कारका चालक फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ