निजी क्षेत्रलाई त्रासको स्थितिमा राख्ने पक्षमा सरकार छैन : प्रधानमन्त्री
प्रकाशित २०७६ माघ १ बुधबार
987
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई त्रासको स्थितिमा राख्ने पक्षमा सरकार नरहेको प्रष्ट पारेका छन् । नेपाल चेंम्वर अफ कमर्सका पदाधिकारी एवं कार्य समिति सदस्यहरु तथा नेपाल चेम्वर अफ कमर्सको ६९ औ वार्षिक साधारण सभा तथा प्रतिनिधि भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई त्रसित मनस्थितिमा राखी आर्थिक उन्नति हुन नसक्ने बताए ।
सो अवसरमा प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको स्वागत गर्दै निर्माणको महाअभियानमा समर्पित वर्तमान सरकारको प्रयाशलाइ आआफ्नो क्षेत्रबाट भरपुर सहयोग र सघाउन आग्रह गरे। बिद्यमान अर्थतन्त्र तथा सुधारका बिबिध पक्षवारे बिस्तृत चर्चा गर्दै प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य एवं आर्थिक क्षेत्रमा भएका समस्याहरु सम्वोधन गर्न प्रयाशरत रहेको बताए ।
उनले अनावश्यक खर्चमा कटौती गरी निष्क्रिय सम्पतिलाइ उत्पादनशील एवं रोजगारमूखी कार्यमा लगानी गर्न सवैलाइ आग्रह गरे । सरकार उद्यमीरव्यवसायीको सहयोगी हो तर निजी क्षेत्रले पनि आफ्नो इमान्दारीता कायम राख्नु पर्ने बताए ।
प्रधानमन्त्री ओलीले,'नयां संरचनामा रुपान्तरण हुंदा समस्याहरु अवश्यै उत्पन्न हुन्छन र हामी कहां पनि समस्या हुंदै नभएको भन्ने होइन तर क्षेत्रगत रुपमा ती समस्याहरु निराकरण गरी सम्वोधन गर्न सरकार इमान्दारीका साथ प्रयाशरत रहेको बताउनु हुंदै सरकारले गरेको कामको सकारात्मक पक्षको उचित सम्प्रेषण हुन नपाएको हो' भन्दै प्रश्न गरे ।
चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो अवसरमा नेपालको व्यवसायीक क्षेत्रका संभावना तथा चेम्वर गतिबिधि वारे अध्यक्ष श्रेष्ठले प्रस्तुत गदै प्रधानमन्त्रीज्यूको सुस्वास्थको कामना गरे।
सरकारले आफ्नो शासकीय स्वरुपलाइ संघीय संरचनामा लगे जस्तै नेपाल चेम्वर अफ कमर्सले पनि आफ्नो संरचनालाइ देशव्यापी रुपमा वढाएको बताए । अहिलेको सन्दर्भमा राजनीतिक बिकेन्द्रीकरण उपयुक्त भए पनि आर्थिक बिकेन्द्रीकरणले व्यवसायीक लागत वढाएको चेम्वरले अनुभव गरेको बताए ।
करका दर बढदा अनाधिकृत व्यापार वढने भएकोले यसको प्रत्यक्ष भार उपभोक्ता मूल्य सूचीमा पर्ने व्यहोरा बताए । अध्यक्ष श्रेष्ठले औद्योगिक प्रवद्र्धन समितिको भूमिका प्रभावकारी हुनु पर्ने, व्यवसायीहरुलाइ आर्थिक अपराधमा आर्थिक सजायमात्र हुनु पर्ने र लगानीलाइ वढाउन सम्पतिको अभिलेखीकरण हुनु पर्नेमा जोड दिए।
नेपालमा पर्यटन र जलश्रोत बाहेक कृषि र जडीबुटीको पनि प्रचुर संभाव्यता रहेकोले यस तर्फ पनि कार्य योजना सहित प्याकेज कार्यक्रम आउनु पर्ने बताए । साथै चेम्वरको यस वर्षको नारा “ व्यापारः समृद्धिको आधार” भएकोले पनि निकासी वढाउन पारवहन लागत कम हुनु पर्ने बताए ।
उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु तथा बिभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्वरका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थित रहेको थियो ।