arrow

स्याङ्जाका प्रहरी प्रमुखले भने- जनताको अपेक्षा अनुसार सेवा दिन्छौ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ माघ २ बिहिबार
police7.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक जनार्दन जि.सी.ले जनताको अपेक्षा अनुसार प्रहरीले काम गर्ने बताएका छन् । भर्खर मात्रै सरुवा भएर स्याङ्जा आएका प्रहरी प्रमुख जि.सीले स्याङ्जाका पत्रकारहरुको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नागरिक र प्रहरी विच सुमधुरर सम्वन्ध रहेमा मात्र शान्तिसुरक्षा र अपराधिक गतिविधिमा न्युनीकरण हुने बताएका हुन् ।

 लागुऔषध ओसापसार र सेवन, जवरजस्ती करणी, आत्महत्या, बहुविवाह, जवरजस्ती चोरी, सम्वन्ध विच्छेद लगायतका घट्नाक्रम केही बढि देखिएको आफुले पाएको प्रहरी प्रमुख जिसीले बताए । यस्ता घट्नाहरुको न्युनिकरणमा समाज नै सचेत हुनु आवश्यक छ प्रहरी प्रमुख जिसीले भने,“यसका लागि छुट्टै प्याकेज बनाएर अगाडी बढ्ने योजनामा छौं ।” नागरिकले पनि यस्ता घट्नालाई न्युनिकरणका लागि प्रहरीलाई सघाउनु आवश्यक छ उनले भने । शान्ति सुरक्षालाई मजबुद बनाउन नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई सघाउ हुने खालको काम भयो भने मात्रै सवल समाज बन्ने धारण प्रहरी प्रमुख जिसीको छ ।

स्याङ्जाबासीले प्रहरीसगँ लिने अपेक्षा र प्रहरीले स्याङ्जावासीबाट लिने अपेक्षा एउटै हुन् प्रहरी प्रमुख जिसीले भने,“शान्तिसुरक्षा भनेको एकल दायीत्व हुदैन, खराब नियतमा लागेका व्याक्तिलाई समाजले लुकाउन हुदैन ।” अपराधिक क्रियाकलापमा लागेको व्याक्तिको पहिचान सबै भन्दा पहिला समाजलाई थाहा हुने हुदा दुवै पक्ष मिलेर न्युनिकरण गर्नुपर्छ उनले भने ।

प्रविधिको विकास सगै शान्तिसुरक्षामा केही सुधारात्मक काम देखिदै आएका छन् अझै साधनश्रोतको अभावका कारण ग्रामिण क्षेत्रमा शान्तिसुरक्षाको अबस्थालाई प्रहरीले सोचे जस्तो नभएको प्रहरी प्रमुख जिसीको भनाई छ । नागरिक सगँ घुलमिल र अपराधिक क्रियाकलाप थाहा पाउन सजिलो होस भन्ने उदेश्यले प्रहरीले विभिन्न कार्ययोजना अगाडी बढ्दै आएको उनले बताए । पछिल्लो समय अगाडी सारिएको प्रहरी साझेदारी कार्यक्रम पनि सफल भएको दावी जिसीको छ ।

मुलुक संघियतामा गए सगै शान्तिसुरक्षाका पाटाहरु पनि केन्द्रिकृत भन्दा पनि बिकेन्द्रिकृत हुदै आएको बताउदै प्रहरी उपरिक्षक जिसीले यसलाई अझै बलियो बनाउन नागरिकले प्रहरीलाई नजिकबाट साथ दिन आग्रह गरे । वडा प्रहरी कार्यालय वालिङमा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्लाको ट्राफिक समस्या बारेमा पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए ।

 ट्राफिक व्यवस्थापन र समस्यालाई सबै मिलेर हल गर्नुपर्ने उनको भनाई थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आउने प्रहरी प्रमुखले पत्रकार भेटघाट सदरमुकाममै हुने गरेपनि भर्खर सरुवा भएर आएका प्रहरी उपरिक्षक जिसीले वालिङमा पत्रकार भेटघाट राखेर नयाँ कामको थालनी गरेका छन् । यो थालनीले जिल्लाको शान्तिसुरक्षा अमनचयनमा स्याङ्जाबासीले अपेक्षा गरे अनुसार हुनेमा विश्वस्थ छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ