arrow

माइक्रो दुर्घटनामा तीनको मृत्यु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
बाबियाचौर (म्याग्दी)। बेनी नगरपालिका–१३ देवीनडाँडामा शनिवार माइक्रोबस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनाका साथै बीस जना घाइते भएका छन् ।  बरङ्जादेखि सदरमुकाम बेनी आउँदै गरेको ग १ ख ५३६६ नंको माइक्रोबस दुर्घटना हुँदा बेनी–१३ का नौ वर्षीय सुनिल थापा र छ वर्षीय दिप्जल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हिरा थापाले बताए । 

मृतक अन्दाजी १६ वर्षीया एक युवतीको पहिचान खुल्न सकेको छैन । उनीहरुको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बीसमध्ये चालक बेनी–४ खबराका रामकृष्ण सापकोटा सहित सात जनालाई उपचारका लागि पोखरा पठाइएको छ । 

तेह्र जनाको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको छ । माइक्रोबस खसेको ठाउँको सडक साँघुरो छ ।  कुनामा रहेको पहिरोमा बसलाई ठोक्किीनबाट बचाउन खोज्दा डिलबाट माइक्रोबस खसेको हाम फालेर दुर्घटनाबाट बचेका यात्रु दलबहादुर फगामीले बताए । बिहान करिब ९।३० बजे दुर्घटना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ