‘कालापानी, लिपुलेक, लिम्पियाधुराको सट्टा बंगलादेश जोडिने भाग साट्न सकिन्छ’
कौशल निरौला,
प्रकाशित २०७६ माघ ११ शनिबार
469
Shares
विराटनगर। नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली भुमी अतिक्रमणका विषयमा बहस आबश्यक भएको बताएकी छिन्। सरकार र प्रतिपक्षि दलहरु समेत सिमा बिवादका विषयमा नवोलेको आरोप लगाउदै उनले सरकार र दलहरुको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन् ।
प्रेस युनियन मोरङले शनिवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भुमि अतिक्रमणका विषयमा बहस आबश्यक भएको र त्यसका लागि दुई देशवीच संम्वादको आबश्यकता रहेको औल्याइन् ।
नेपाली भूमी कालापानी, लिपुलेक र लिप्पियाधुरा भारतले प्रयोग गर्ने भए त्यसको सट्टापट्टामा भारतले मेची देखि बंगलादेश जोडिने समुद्रसम्मको भाग दिन लिन सकिने तर्क गरिन । यसवाट ब्यापार सहित आन्तरिक समृद्धी आउने बताइन् । सिमा अतिक्रमणका विषयमा कोही पनि नबोल्ने तर आफुले देशकै हितमा बोल्दा विवादास्पद टिप्पणी भएकोमा आश्चर्य ब्यक्त गरिन्।
यस्तै, एमसीसीका विषयमा पनि सरकार र दलहरुले जनताको भावना जितेर पास गर्नु पर्ने उल्लेेेख गर्दै बिवादास्पद विषय र बुंदाहरुलाई परिमार्जन गरेर एमसीसी पास गर्न पर्ने बताइन् ।
त्यसै गरी कांग्रेस भित्रको आन्तरिक कलह समाप्त नभए पार्टीको अस्तित्व खतरामा पर्ने भएकाले कार्यकर्ताहरुले खवरदारी गर्न आबश्यक भइसकेको बताइन् । उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरिन् ।