arrow

सापकोटालाई सपथ नखुवाउन राष्ट्रपतिलाई ध्यानाकर्षण गर्न गएका मानवअधिकारकर्मीहरु पक्राऊ

logo
प्रकाशित २०७६ माघ १३ सोमबार
human-rights-activities.jpg

काठमाडौं । सशस्त्र द्धन्द्धमा हत्याका आरोपी रहेका अग्नि सापकोटालाई सभामुखमा सपथ नखुवाउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गर्न गएका मानवअधिकारकर्मीहरु पक्राऊ परेका छन् । 

उनीहरु सोमबार बिहान पक्राउ परेका हुन् । सापकोटाले सोमबार सपथ ग्रहण गर्ने कार्यक्रम रहेकामा मानवअधिकारकर्मीहरु सपथ नखुवाउन राष्ट्रपतिको ध्यानाकर्षण गराउन गएका थिए । 

दर्जन बढी मानवअधिकारकर्मीहरुलाई पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा चरण प्रसाईं, राजन कुईँकेल, पुर्णिमाया लामा, इन्द्र अर्याल, महामुनिश्वर आचार्य, जनक राउत, निराजन थपलिया लगायतका मानवअधिकारकर्मीहरु पक्राउ परेका हुन् । 

उनीहरु सबैलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

सापकोटामाथि २०६२ साल बैशाखमा काभ्रेका अर्जुन लामालाई मार्न निर्देशन दिएको आरोप छ । उनको मुद्दाको सुनुवाई माघ २२ गते सर्वोच्च अदालतमा हुँदैछ । 

उनलाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको निवेदनको सुनुवाई सोमबार हुँदैछ। आइतबारको सुनुवाई न्यायाधीशले हेर्न नमिल्ने भनी रोकिएको थियो । 

संसदको सभामुखमा सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ