फ्रेन्च राष्ट्रपतिलाई ओलीकाे शोक सन्देश :‘आतंकवादविरुद्धको लडाइँमा नेपाल साथ दिने’
प्रकाशित २०७७ पुष १७ शुक्रबार
637
Shares
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् । ओलीले घटनालगत्तै शनिबार फ्रेन्च राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डलाई शोक सन्देश पठाएर आक्रमणमा परी मृत्यु भएकाप्रति श्रद्धान्जली र परिवार जनमा समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीले पठाएको शोक सन्देशमा यो आक्रमण फ्रान्सका नागरिकमाथि मात्र नभइ सम्पूर्ण लोकतान्त्रिक समाजमाथिको आक्रमण भएको उल्लेख छ ।
आतंकवादको यस्तो आततायी कदमले विश्वव्यापी मूल्यलाई पराजित गर्न नसक्ने र फ्रान्सका जनताको मनोबल कसैले पनि कमजोर बनाउन नसक्ने धारणा राखेका छन् ।
प्रधानमन्त्री ओलीले कायरतापूर्ण आक्रमणका दोषीलाई कानुनको कठघरामा ल्याइने विश्वास गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपालको ऐक्यबद्धता रहने बचनवद्धता गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले सेत घटनाको निन्दा गर्दै फ्रेन्च समकक्षी ओलाण्डलाई शोक सन्देश पठाएकी छन् । शुक्रबार राति फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा भएका आक्रमणमा सयौंको मृत्यु भएको छ ।