arrow

नेकपाभित्र किन हुँदैछ एमसीसीको विरोध, संचारमन्त्रीको गैरजिम्मेवार बोली 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ माघ १७ शुक्रबार
ncp-central-committee-second-meeting.jpg

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बुधबारदेखि काठमडौंमा नेकपाको केन्द्रीय कमिटि बैठक जारी रहेको छ ।

पार्टी एकताको २० महिनापछि बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरु अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिएका छन् । १५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले एमसिसीको विरोध गरेका हुन् । उनीहरूले कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले सैन्य रणनीतिअन्तर्गत आएको सहयोग स्वीकार गर्न नहुने बताएका हुन् । 

यसअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रका बेलामा एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । उनले अमेरिकाले नेपालको भलो नै चाहेको भन्दै कुनै सैन्य रणनीति अन्तर्गत नआएको बताएका थिए । 

केन्द्रीय सदस्यहरूले ओलीले दिएको अभिव्यक्ति चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन् । उनीहरूले विज्ञ समूह बनाएर त्यसले दिएको रिपोर्टका आधारमा मात्रै एमसीसीबारे निर्णय गर्न सरकारलाई सुझाव दिएका छन् । 

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही, जनवर्गीय संगठन कार्यालय पेरिस डाँडा र राष्ट्रिय सभागृहमा छुट्टाछुट्टै समूहमा छलफल गरेका केन्द्रीय सदस्यहरूले एमसीसी अमेरिकाको सैन्य रणनीति भए–नभएको विवाद रहेको तथा राष्ट्र नै विभाजित भएको अवस्थामा त्यसलाई स्वीकार गर्न नमिल्ने बताएका हुन् । 

केन्द्रीय सदस्यहरुले गोकर्ण रिसोर्ट काण्डको पनि चर्को विरोध गरेका छन् । 

विरोधको कारण
२० महिनापछि बोल्दै गर्दा केन्द्रीय सदस्यहरुले आफूलाई लागेको कुरा खुलेर राखिरहेका हुन् । त्यतिमात्रै हैन पार्टीभित्र पनि विभिन्न गुट छन् । 

ओलीको रवैयादेखि वाक्क भएकाहरु पनि यतिबेला सरकारको खुलेर विरोध गरिरहेका छन् । त्यसमा एमसीसी परेको हो । 

ओलीको राष्ट्रवादप्रति नेकपाभित्रै चर्को मतभेद भएकाले पनि यति होल्डिङ्सलाई राज्यको सम्पत्ति सित्तैमा बाँडेजसरी एमसीसीमा पनि कुनै चलखेल गरिरहेका हुन् कि भन्ने आशंका पार्टीभित्रै गरिएको छ । 

ओलीले शुन्य सहनशीलता भने पनि भ्रष्टाचार मौलाउँदै जानु र बेथितिका चाङ लाग्नुले पनि उनको बोलीमा अब अरिंगालजसरी ऐक्यवद्धता नआउने निश्चित छ । 

त्यसलै पनि उनले वाध्य भएर संसदमा ‘धक्का आउँदैछ’ भनेका थिए । ओलीको तानाशाही प्रवृत्तिले गर्दा नेकपाभित्रैका नेताहरुले उनलाई धक्का दिइरहेका छन् । 

संचारमन्त्रीको गैरजिम्मेवार बोली
यता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘एमसीसी’ सम्झौता लागू गर्दा नेपाल–अमेरिकी सैन्य गठबन्धनमा सामेल हुने दाबी गर्नेहरुलाई ‘स्याल हुइँया’ भनी टिप्पणी गरेका छन् ।

सन्चार मन्त्रालयको नियमित बिहीबारको पत्रकार सम्मेलनमा उनले एमसीसीलाई सैन्य गठबन्धन भनेर स्याल हुइँया नमच्चाउन आग्रह गरेका छन् । 

उनले नेपालमा एमसीसी कार्यान्वयनमा आइसकेको दाबी गर्दै हरेक विदेशी सहयोगमा आशंका गर्ने क्रान्तिकारी हठ त्याग्न पनि आफ्नै पार्टीका नेताहरुलाई भनेका छन् । 

सबैभन्दा गैरजिम्मेवार बोली त बास्कोटाको यो रह्यो कि उनले नेकपाभित्रै एकबोली आउन नसकिरहेका बेलामा स्पष्ट पार्नुको सट्टा शक्तिशाली राष्ट्रहरुसँग पाखुरा सुर्केर केही नहुने भन्दै झुक्ने प्रवृत्ति देखाएका छन् । 

त्यतिमात्र होइन उनले अमेरिकाले चाह्यो भने कुनैपनि बेला ऐया पनि भन्न नपाइ सुलेमानी बनाइदिने तर्क गरेर आफ्नो सरकार नतमस्तक भइरहेको उदाहरण पनि दिएका छन् । 

एमसीसीबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि पारित गर्नुपर्ने र नेपालको हितमा रहेको बताइसकेको छ । 

यसबाट संसदमा पारित हुन कुनै कठिन छैन । तर आफ्नै पार्टीभित्रबाट आइरहेका आशंकालाई निर्मूल गर्नुको सट्टा जथाभावी बोल्दा घाटा पार्टीलाई पर्ने निश्चित छ । 

फेरि विपक्षीलाई थचक्कै बस्ने गरी गाली गर्न माहिर मन्त्री बास्कोटाले आफ्नै पार्टीका नेताहरुलाई गाली गर्दा पनि अरिंगाल प्रवृत्तिले प्रतिक्रिया दिइरहेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ