arrow

कोटेश्वर क्याम्पसमा सहायक क्याम्पस प्रमुख नेविसंघका विद्यार्थी कुट्न भाटो लिएर उत्रिए 

नियन्त्रणमा लिइएका दुई विद्यार्थीलाई नछाडे क्याम्पस प्रशासन र स्ववियुको ज्यादती विरुद्ध सशक्त भएर उत्रने नेविसंघको चेतावनी

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
koteshwor-campus.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी भ्रातृ संगठनले जितेको कोटेश्वर बहुमुखी क्याम्पसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि ज्यादती गरेपछि नेविसंघ प्रतिकारमा उत्रिएको छ । 

उक्त क्रममा शुक्रबार बिहान स्वतन्त्र विद्यार्थी युनियन स्ववियुका सभापति माधव अधिकारी कुटिएका छन् । 

प्रत्यक्षदर्शी विजय खत्रीका अनुसार केही दिनदेखि स्वतन्त्र विद्यार्थी युनियनले संचालन गरिरहेको स्पोर्टस कार्यक्रममा स्ववियुले ज्यादती गरेको विषयमा नेविसंघका उपेन्द्र रायले गुनासो गरेपछि पिटेर क्याम्पसबाट निष्कासन गरिदिन्छु भन्दै धम्की दिएका थिए । 

खत्री भन्छन्, ‘उपेन्द्रले गुनासो गरेपछि निकालिदन्छु भने, नेविसंघका इकाइ सदस्य टेकबहादुर सिंघलाई धम्की दिए । उनीहरु थकाली भान्साघरमा गएर खाना खाने अनि खेलाडीलाई पानीसमेत पनि नदिने गरेपछि भएको कम्प्लेनले नेविसंघलाई एक्लाउने प्रयास भयो ।’

खत्रीले भने, ‘आज (शुक्रबार) पनि क्याम्पसभित्र हामीलाई छिर्न दिइएन । भित्र कार्यक्रम भइरहेको छ हामीलाई गेटबाट भित्र छिर्न दिइएन । त्यही झोंकमा स्ववियु सभापति परे ।’

नेविसंघका विद्यार्थीले प्रतिकार गरी क्याम्पसभित्र छिरेका थिए । 

तर नेविसंघका विद्यार्थीलाई क्याम्पस सहायक प्रमुख नन्दी केसर नेपालले हिर्काउन बाँसको भाटो नै लिएर आएका थिए । 

प्रहरीले नेविसंघका दुई जनालाई पक्राउ गरेको छ । नेविसंघ इकाई उपाध्यक्ष संजय बुढाथोकी र सदस्य टेकबहादुर सिंहलाई थुनेर कोटेश्वर प्रहरी चौकीमामा राखिएको खत्रीले बताए । 

यसैबीच, नेविसंघले आफ्ना साथीहरुलाई क्याम्पसभित्र प्रवेश गर्न रोक्ने अनि प्रतिकार गर्न खोज्दा प्रहरीको प्रयोग गरी चौकीमा ल्याएर थुनिएको भन्दै क्याम्पस प्रशासनको विरोध गरेको छ । 

नेविसंघले तत्काल नियन्त्रणमा रहेका दुई जनालाई रिहा गर्न पनि माग गरेको छ । रिहा नगरिए क्याम्पस प्रशासन र स्ववियुको ज्यादती विरुद्ध सशक्त भएर उत्रने चेतावनी पनि नेविसंघले दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ