'थुनामुक्त भएका राईलाई प्रहरीले गर्यो अदालतबाटै पक्राउ'
रासस,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
492
Shares
काठमाडौं । नेपाल बार एशोसिएसनले भोजपुर निवासी तीर्थबहादुर राईलाई थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।
बारका महासचिव लीलामणि पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त भएका षडानन्द नगरपालिका वडा नं १ निवासी ३८ वर्षीय तीर्थबहादुर राईलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले अदालत परिसरबाटै पक्राउ गरेकाले थुनामुक्त गर्न माग गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “अदालतको आदेशबाट थुनामुक्त भएको व्यक्तिलाई सोही विषयमा पुनःपक्राउ गरी थुनामा राखिनु सर्वोच्च अदालतको अवहेलनासमेत हो भन्ने नेपालको विधिको शासनका नभएको भन्ने उदाहरण पनि हो ।”
नागरिककको मौलिक तथा मानव अधिकारको रक्षा गर्न र कानूनको शासन कायम राख्न सरकार तथा सम्बन्धित पक्षलाई बारले माग गरेको छ ।