सनातन धर्म संस्कृति विषयक अन्तराष्ट्रिय महासम्मेलन आयोजना गरिने
प्रकाशित २०७६ माघ १९ आइतबार
986
Shares
दमौली । विश्व हिन्दू महासंघ नेपालको आयोजनामा व्यास जन्म भूमि दमौलीमा सनातन धर्म संस्कृति विषयक अन्तराष्ट्रिय महासम्मेलन आयोजना गरिने भएको छ ।
महासंघको आयोजनामा महासम्मेलनमा चैत १ गते देखि ४ गतेसम्म आयोजना गरिने भएको छ । विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारीका अनुसार हिन्दूत्वको भावना जगाउन र व्यास जन्मभूमि दमौलीलाई हिन्दूहरुको मूल थलो बनाउने उदेश्यका साथ महासम्मेलन आयोजना गर्न लागिएको हो ।
यसैबीच महासम्मेलनको पूर्व सन्ध्यामा शनिबार पूर्व तयारी बैठक सम्पन्न भएको छ । पूर्व तयारी बैठकमा सांसद केदार सिग्देल ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , केन्द्रीय संस्थाका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेल, उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष शंकर खराल ,महासचिव गणेश न्यौपाने , केन्द्रीय सदस्य नविन खनाल ,केन्द्रीय सल्लाहकार पुष्प पराजुली , विश्वकर्मा समाजका अध्यक्ष गणेश बराइली , जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल , व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ , महासंघका केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला अध्यक्ष तुलसीशरण सिग्देल ,आमन्त्रित केन्द्रीय सदस्य यामबहादुर आले लगायतले बोलेका थिए । बैठक सहभागीहरुले महासंघले सारेको अभियान अत्यन्त सकारात्मक रहेको हुँदा यसलाई सफल बनाउनु पर्नेमा जोड दिएका थिए । बैठकमा जानकारी दिएअनुसार २४ भन्दा बढी देशका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।