arrow

चीनबाट आउनेलाई विमानस्थलमा ज्वरो नाप्नेबाहेक केही गरिएन

logo
प्रकाशित २०७६ माघ २० सोमबार
airport.jpeg

काठमाडौं। चार महिनाअघि चीन गएका झापाका एक विद्यार्थी चीनबाट नेपाल फर्केका छन्। होटल म्यानेजमेन्ट पढ्न गएका उनी होटलमा काम नभएपछि आफ्नै खर्चमा फर्किएका छन्। उनी होटलमा इन्टर्न गर्दै आएका थिए। होटलले नै बिदा दिएपछि उनीहरु फर्केका हुन्। उनी नान्जिङबाट आएका हुन्। उनीसहित आइतबार ४ जना चाइना इस्टर्नबाट आएका छन्। त्योभन्दा अगाडि १३–१४ विद्यार्थी आएका थिए। मंगलबार पनि १३–१४ जना आउँदै छन्। सतर्कता निकै नै कम देखिएको झापाका ती विद्यार्थीले हाम्राकुरालाई बताए।

चिनियाँ एयरपोर्टमा ज्वरोको तापक्रम बढी भएको देखियो भने फर्काउने गर्छ। उनले चार जनालाई चीनमै फर्काइएको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तापक्रम नापेर मात्र पठाएको उनले बताए। उनी लगायत थुप्रै नेपालीहरु निरन्तर नेपाल आइरहेका छन्। तर विमानस्थलमा खासै मतलव गरिएको छैन। यो एक उदाहरणमात्र हो। वुहानका प्रभावितलाई मात्र सरकारले नेपाल ल्याउने भनिरहेको छ। उनीहरुलाई कसरी ल्याउने भन्ने पनि योजना बनिसकेको परराष्ट्र मन्त्रालयले बताएको छ।

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वलाई आतंकित पारेको छ। विश्वका धेरै राष्ट्रले उक्त क्षेत्रबाट आफ्ना नागरिक आफ्नो देश लगिसके। नेपालले मात्रै ल्याएको छैन। आफै आउनेलाई पनि खासै वास्ता गरेको छैन। जबकि चीनबाट आउनेलाई निकै कडा निगरानीका साथ राख्ने बताइएको थियो। सामान्य मात्र चेकिङ गर्दा त्यसले यदि संक्रमित भए के गर्ने ?

सरकारले यतातर्फ किन ध्यान दिँदैन। नेपालमा यसअघि एक विद्यार्थी संक्रमित भेटिएका थिए। कोरोना भाइरसले कम्तिमा ३६१ जनाको ज्यान गइरहेको छ। १७ हजार भन्दा बढीलाई संक्रमण छ। चीन बाहिर पनि १०० भन्दा बढी संक्रमित फेला परिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ