arrow

कोरोनाका कारण आधा दर्जन भन्दा बढी देशमा चिनियाँलाई प्रवेशमा प्रतिवन्ध  

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
china-coronavirus.jpg

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीका कारण विभिन्न आधा दर्जन भन्दा बढी देशले चिनियाँहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । 

अमेरिका र अष्ट्रेलियाले यसअघि नै रोक लगाएकामा पछिल्लो समय पाकिस्तान, जापान, रुस र इटालीले पनि प्रतिवन्धको घोषणा गरेका छन् । 

चीनले आफूहरुको सल्लाहविपरीत विदेशी राष्ट्रहरुले यात्रामा प्रतिवन्ध लगाएको भन्दै असन्तुष्टि जनाएको छ ।

 विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसअघि नै आपतकाल घोषणा गरिसकेको छ । तर डब्लुएचओका अधिकारीहरुले यस्ता प्रतिबन्धले सूचना आदानप्रदान, मेडिकल सामग्रीको वितरण र अर्थव्यवस्था प्रभावित हुन सक्ने चेतावनीसमेत दिएका छन् ।

चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । 

शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ । शनिबार मात्रै पनि हुवेइमा ४५ भन्दा बढीको ज्यान गएको थियो । 

अहिलेसम्म १४ हजार ३८० जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा शनिबार मात्रै पनि २ हजार ५९० जना संक्रमित फेला परिसकेका छन् । 

चीन बाहिर एक सय जनामा संक्रमण फेला परेको छ । 

पछिल्ला दिनमा दुई दर्जन देशमध्ये बेलायत, अमेरिका, रुस र जर्मनीमा नयाँ बिरामी देखापरेका छन् । 

नेपालमा अहिलेसम्म १ जनामात्र संक्रमित भेटिएका छन् । आशंका धेरैमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ