arrow

एमसीसी बारे थप प्रष्ट हुन कार्यदल : प्रचण्ड

logo
रासस,
प्रकाशित २०७६ माघ २२ बुधबार
prachanda13.jpg

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्बन्धमा पार्टीको बैठकमा पनि समूहगत छलफल भएको बताएका छन् । कास्कीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले यसका सम्बन्धमा थप प्रष्ट हुने गरी प्रतिवेदन दिन तीन सदस्यीय अध्ययन कार्यदल गठन गरिएको जानकारी दिए।

जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गराउन तीन महिने अभियान सञ्चालन गरिने बताएका । उनले तीन महिने अभियानका साथ पार्टी जनता माझ पुग्ने बताए । हालै सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकबाट पार्टीले भावनात्मक एकता कायम गरेको बताउँदै उनले यो बैठकसँगै पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ भएर अघि बढ्ने बताए ।

पार्टीले सरकारको नेतृत्व गर्ने र सङ्घ, प्रदेश र स्थानीय तहमा पनि पार्टीगत संयन्त्रका आधारमा अघि बढ्ने बताउँदै अध्यक्ष दाहालले बैठकका क्रममा समूहगत छलफल भई अस्पष्ट विषय पनि नेतृत्व तहबाट प्रष्ट पारिएको बताए ।

उनले पार्टी एकतापछि ठूलो सङ्ख्यामा रहेको केन्द्रीय कमिटीभित्रका साथीबीच पनि अन्तरघुलन भएको धारणा राखे।
    
समृद्धि र विकासको लक्ष्यमा पार्टी एवं सरकार योजनावद्ध ढङ्गले अघि बढ्ने धारणा राख्दै उनले पार्टी र सरकारकाबीचमा कहीँ असमझदारी छ की भन्ने विषय बैठकसँगै अन्त्य भएको बताए ।

 नेपाल भ्रमण वर्षको शुरुआत्मा कोरोना भाइरसका कारण केही प्रभाव परेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालमा यो भाइरस एउटा व्यक्तिमा पनि सङ्क्रमण नभएको स्पष्ट पारे।
    
सीमा विवादमा सिङ्गो राष्ट्र एकताबद्ध हुनुको साथै सरकारले सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर राष्ट्रलाई एक ठाउँमा उभ्याएको चर्चा गर्दै अध्यक्ष दाहालले सरकारको तर्फबाट कूटनीतिक नोट भारत समक्ष पठाइएको जानकारी दिए ।

नेपालले भारतसँग राजनीतिक तथा कूटनीतिक छलफलबाट छिटो समस्याको समाधान चाहेको बताउँदै उनले भारतबाट पनि यसमा सकारात्मक प्रतिक्रिया आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ