काठमाडौं । मौसम पूर्वानुमान महाशाखा वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार काठमाडौं उपत्यकामा सोमबार बिहान हुस्सु लागिरहेको छ ।
न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
तराई भने सफा रहेको छ । दिउँसो पश्चिमी पहाडी क्षेत्रमा पनि आंशिक बदली हुनेछ । निकै कमजोर पश्चिमी न्यूनचापीय प्रणाली भएकाले वर्षा भने गराउने छैन ।
आइतबार पोखरामा मात्रै वर्षा भएको थियो । २.८ मिलिमिटर वर्षा भएको थियो ।
यस्तो छ मंगलबार र बुधबारको मौसम पूर्वानुमान
माघ २८ गते (मंगलबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
रातीः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २९ गते (बुधबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।