arrow

प्रचण्डलाई पोष्टबहादुरको अभाव खड्कियो

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
prachanda-pushpa-dahal_7591.jpg

नुवाकोट ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकर्मी नेता पोष्टबहादुर बोगटीको अभाव खड्किएको छ । सोमबार चण्डेश्वर माविको परिसरमा विद्यालयले निर्माण गरेको आफ्ना सहकर्मी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरणमा निकै भावुक देखिएका अध्यक्ष दाहालले बोगटीको अभाव पार्टीलाई खड्किरहेको र त्योभन्दा बढी आफूलाई अभाव खड्किएको बताए ।

“पार्टीको उच्च नैतिकवान् नेताको परिचय बनाउनुभएको थियो बोगटीले । उहाँको अभाव पार्टीमा खड्किरहेको छ । पार्टीलाई भन्दा बढी मलाई अभाव खड्किएको छ । उहाँको अभावमा आफूले चाहेजस्तो कतिपय काम गर्न सकेको छैन”, उनले भने, “अन्य कमरेड पनि नहुनु भएको होइन, तर उहाँमा बेग्लै क्षमता थियो । जहाँ पार्टीमा समस्या, विवाद र अप्ठ्यारो परिस्थिति आउँछ, त्यहाँ बोगटी भन्ने परिपार्टी बसेको थियो । जस्तो विवाद पनि समाधान गर्नुहुन्थ्यो ।”

अध्यक्ष दाहालले विसं २०३६ बाट बोगटीले आफूलाई निरन्तर साथ दिएको बताए । “मेरो एकातिर डाक्टर र अर्कोतिर वैद्य त हुनुहुन्थ्यो । तर जस्तोसुकै कुरा भए पनि बोगटीले दुवैको दाँतबाट पसिना निकाल्नेगरी कुरा राख्नुहुन्थ्यो । जस्तोसुकै कुरा भए पनि बोगटीले पार लगाउनुहुन्थ्यो ।”

 नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी रणनीतिमा जानुपर्ने बताए।  “रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाए पनि नेपालको आर्थिक ‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको खाँचो छ”, अध्यक्ष दाहालले भने, “केरुङ नाका यता रहेकाले त्रिदेशीय कनेक्टभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।”

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनी–ल्हासा रेलमार्गको कुरा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग कुरा राखेको बताउँदै भने, “अहिले रेलमार्गको कुरा धेरै अघि बढिसकेको छ । रेलसँगै केरुङ–ठोरी राजमार्गका विषयमा कुरा अघि बढिरहेको छ ।”अध्यक्ष दाहालले नुवाकोटमा विकास पूर्वाधारको काम धेरै अघि बढिरहेको र आगामी दिनमा त्यसले अझै गति लिने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ