हुस्सु र कुहिरोले छोप्योः यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान
प्रकाशित २०७६ फागुन १ बिहिबार
393
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।
बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मध्य, पूर्व र पश्चिममा आंशिक बादल लाग्ने पूर्वामनुमान गरिएको छ ।
बिहान काठमाडौं उपत्यका लगायत पूर्वी, मध्य र तराईका स्थानमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोले चिसो अनुभव भए पनि बिहान काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।
यस्तो छ शुक्रबार र शनिबारसम्मको पूर्वानुमान
फागुन २ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ३ गते (शनिबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।