arrow

प्रचण्डले ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने खोजेकोमा कांग्रेसको आपत्ति

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
prachandas2.JPG

काठमाडौं ।  ‌नेकपाका अध्यक्ष पुस्पकमल दहाल प्रचण्डले बिहिबार एक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली कांग्रेसले ध्यानाआकर्षित भएको जनाएको  छ  ।

 कांग्रेस  प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,' माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।'

 '`फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो ।  तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ।'

ुऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो l हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ'

 `जिम्मेवार ढंगले कार्य गर्न´ कोइरालाले कुनै बेला दहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउंदै `जिम्मेवार अभिव्यक्तिका लागीपनि´ सजग गराउंदछु '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ