४२ बर्षीय पूर्व सभापतिको हृदयघातबाट मृत्यु, श्रद्धाञ्जली कार्यक्रम
प्रकाशित २०७६ फागुन ४ आइतबार
512
Shares
धनकुटा । धनकुटा ४ फाल्गुण,नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका वडा नं ५ का पूर्व सभापति युवा नेता स्वर्गीय रोहित पुरीको छौंटौ (६) औं दिनको पुण्य दिनको अवसरमा आइतबार धनकुटा महालक्ष्मी नगरपालिकाको लेगुवामा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रेखा पुरीकी छोरा नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ५ का पूर्व सभापति युवा नेता रोहित पुरीको गत माघ २८ गते ह्दयघात भइ ४२ बर्षको उमेरमा निधन भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति तथा संधिवान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,महासमिति सदस्य तथा पूर्व उपसभापति अजित नारायण सिंह थापा,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य ज्ञानु गुरुङ्ग,नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका उपसभापति प्रेभ मण्डारी,नेपाली कांग्रेस लेगुवाका पूर्व सभापति भूपाल ठकुरी,नेपाल तरुण दल धनकुटका पूर्व जिल्ला सदस्य तथा नेपाली कांग्रेस धनकुटका युवा नेता केदार घिमिरे,नेपाल महिला संघ पाािख्रवासका नेता योगमाया पौडेल ,लेगुगाका जेष्ठ कांग्रेस रुद्र वस्नेत लगायतले यूवा नेता तथा पूर्व वडा सभापति रोहित पुरीको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका वडा नं ५ का पूर्व सभापति युवा नेता स्वर्गीय रोहित पुरीको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।