arrow

चीनमा मुस्लिममाथि चरम अमानवीय व्यवहार 

दाह्री पालेको, नकाब लगाएको र इन्टरनेट चलाएकोमा थुनिए

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
_110925165_2be6942a-fa51-4e.jpg

काठमाडौं । चीनमा मुस्लिम समुदायमाथि चरम अमानवीय व्यवहार हुने गरेको छ । उक्त क्रममा चीनले हजारौँ मुस्लिमहरूको भविष्य निर्धारण गर्न उनीहरूलाई शिविरहरूमा राखेको विषयबारे बीबीसीले एउटा दस्तावेज सार्वजनिक गरेको छ । 

बीबीसीले पश्चिमी क्षेत्र सिन्जियाङका तीन हजारभन्दा बढी व्यक्तिका विवरणहरू सूचीकृत गर्दै त्यसले मानिसहरूको दैनिक जीवनका अति व्यक्तिगत कुराहरू पनि समेटेको लेखेको छ ।

सावधानीपूर्वक तयार पारिएको १३७ पृष्ठको दस्तावेजमा मानिसहरूले कसरी प्रार्थना गर्छन्, कस्तो लुगा लगाउँछन्, कोसँग सम्पर्क राख्छन् र उनीहरूका परिवारका सदस्यले कस्तो व्यवहार गर्छन् भन्नेसम्मका विवरण समेटिएका छन्।

यो दस्तावेज सिन्जियाङस्थित त्यही स्रोतले व्यक्तिगत रूपमा ठूलो जोखिम मोल्दै चुहावट गरेको हुनुपर्छ जुन स्रोतले गत वर्ष निकै संवेदनशील दस्तावेजहरू बाहिर ल्याएको थियो।

सिन्जियाङमा चिनियाँ नीति बारेका अग्रणी विज्ञहरूमध्येका एक वाशिङटनस्थित भिक्टिम्स अफ कम्युनिज्म मेमोरिअल फाउन्डेशनसँग आबद्ध डा। एन्ड्रिआन जेन्ज चुहावट गरिएको पछिल्लो दस्तावेज वास्तविक भएको विश्वास गर्छन्।

‘यो महत्त्वपूर्ण दस्तावेज परम्परागत धार्मिक अभ्यासहरूलाई दबाउन र दण्डित गर्न बेइजिङ कति सक्रियताका साथ लागिपरेको छ भन्ने कुराको आजको मितिसम्म मैले देखेको सबैभन्दा बलियो प्रमाण हो,’ जेन्ज भन्छन्।

‘नम्बर फोर ट्रेनिङ सेन्टर’ भनेर उल्लेख गरिएको एउटा शिविरलाई जेन्जले पनि पहिचान गरेका छन्। चिनियाँ अधिकारीहरूले गत वर्षको मे महिनामा बीबीसीलाई भ्रमण गराएका शिविरमध्ये त्यो एउटा हो।

बीबीसीको टोलीले ल्याएका धेरै प्रमाणहरूलाई नयाँ दस्तावेजले पुष्टि गरेको छ, त्यसमा समावेश गरिएका मानिसहरूको गोपनीयता कायम राख्न प्रकाशनका लागि केही सम्पादन गरिएको भनी बीबीसीको नेपाली संस्करणले लेखेको छ ।

तीन सय ११ जना व्यक्तिमाथि चलाइएको अनुसन्धानका विस्तृत विवरण त्यसमा छ। त्यसमा उनीहरूको पृष्ठभूमि, धार्मिक चालचलन तथा सयौँ आफन्त, छिमेकी र साथीहरूसँगको सम्बन्धबारे विवरण रहेका छन्।

अन्तिम कोलममा निर्णय लेखिएका छन् जसमा पुनर्शिक्षण शिविरहरूमा रहेका व्यक्तिहरूलाई छाड्नुपर्छ वा राखिराख्नुपर्छ र रिहा गरिसकिएका मानिसहरूलाई फर्काउन आवश्यक छ वा छैन भनिएको छ।

ती शिविरहरू नितान्त रूपमा विद्यालय हुन् भन्ने चिनियाँ दाबीसँग यो प्रमाण सिधै विरोधाभासपूर्ण छ। पछिल्लो दस्तावेजको समीक्षा र पुष्टि गर्ने एउटा लेखमा जेन्जले चिनियाँ प्रणालीको वास्तविक उद्देश्यबारे त्यसले निकै गहिरो बुझाइ प्रदान गरेको भनेका छन्।

पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेलसेम भएको एक ३८ वर्षीया महिलाको मुद्दा छ जसलाई एउटा प्रमुख कारणले पुनर्शिक्षण शिविरमा पठाइएको रहेछः केही वर्षअघि उनले नकाब लगाएकी थिइन्।

नुरमेमेत नाम गरेका २८ वर्षीय पुरुषबारे २३९ औँ लहरमा उल्लेख गरिएको छ र उनलाई पुनर्शिक्षण शिविर पठाइनुको कारण एउटा वेब लिङ्कमा क्लिक गरेर असावधानीवश एउटा विदेशी वेबसाइटमा पुग्छन्।

एक ६५ वर्षीय पुरुष युसुपबारे १७९ औँ, ३१५ औँ र ३४५ औँ लहरमा लेखाजोखा गरिएको छ। उनी बारेका विवरणमा उनका दुई छोरीले ‘सन् २०१४ र सन् २०१५ मा नकाब तथा बुर्का लगाएको, छोराको इस्लामिक राजनीतिप्रति झुकाव भएको र एउटा परिवारले ‘हानविरोधी स्पष्ट भावना’ व्यक्त गरेको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ