arrow

ओली सरकार डराएर स्ववियु निर्वाचन टार्न खोज्यो – महामन्त्री बलदेव तिमल्सिना 

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
baldev-timalsina1.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले केपी शर्मा ओली नेतृत्वको सरकार डराएर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन टार्न खोजिएको आरोप लगाएका छन् । 

बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, काठमाडौंको २९ औं बाषि‌कोत्सव समारोहमा मंगलबार बोल्दै महामन्त्री तिमल्सिनाले ओली सरकारले आफू विरुद्धको जनमत प्रतिविम्बित हुने डरले स्ववियु चुनाव टार्न खोजिएको बताएका हुन् ।

उनले स्ववियु निर्वाचन नगराउनुमा त्रिभुवन विश्वविद्यालयको पनि ठूलो हात रहेको बताए । 

उनले ओली सरकारलाई त्रिविविले साथ दिएको समेत आरोप लगाए । तिमल्सिनाले शिक्षण संस्थामाथिको भागबन्डाको अन्त्य गर्दै शिक्षामा राजनीतिकरणको थालनी गरिनुपर्नेमा जोड दिए । 

उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थीलाई नीति निर्माण तहमा प्रतिनिधिविहीन बनाइएको आरोप लगाए । यसकै कारण विकास अवरुद्ध भएको तिमल्सिनाको जिकिर छ । 

उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जननिर्वाचित संस्थालाई निकम्मा र विघटन गर्ने बाटोमा उद्यत रहेको आरोपसमेत लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ