arrow

४ बर्षदेखि रक्तदानबाट जिवित याधब

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
yadhav6.jpg

बैतडी । बैतडी पुचौडी नगरपालिका  ४ भटना घर भएका याधब प्रसाद भट्ट विगत ४ बर्षदेखि एप्लाष्टिक एनेमा रोगबाट ग्रसित भई कष्टर जीवन निर्वाह गरिरहेका छन् ।

अहिलेसम्म विभिन्न रक्तदाताहरुले रक्तदान गरी जीवन बाचिरहेको छ । उनको पूर्ण उपचार गर्न रक्तकोषिका प्रत्यारोपण गर्नुपर्ने हुन्छ  यसको लागि ठुलो धनराशिको खर्च लाग्छ तर भट्ट परिवारको अवस्था नाजुक छ ।

भट्टको उपचार खर्च जुटाउन सामाजिक सञ्जालमार्फत “याधब बचाऔं अभियान” सुरु  गरिएको छ ।   याधबको जीवनरक्षाको लागि सामाजिक सञ्जालमार्फत अभियान सुरु गरिएको अभियन्ता महेश भट्टले बताए ।

अभियन्ता भट्टले व्यक्तिगत १५ हजार सहयोग गरेर अभियानको सुभारम्भ गरेका छन् ।

 सहयोग गर्न चाहनुहुने महानुभावले माधव प्रसाद भट्टको ग्लोबल आइएमई बैंक सुन्धारा शाखाको खाता नं ३४०७०१००१६५९ मा रकम जम्मा गर्न सकिनेछ । थप जानकारीका लागि माधव प्रसाद भट्टको मोबाइल नं ९८६६७०३३१७ सम्पर्क गर्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ