बैतडी । बैतडी पुचौडी नगरपालिका ४ भटना घर भएका याधब प्रसाद भट्ट विगत ४ बर्षदेखि एप्लाष्टिक एनेमा रोगबाट ग्रसित भई कष्टर जीवन निर्वाह गरिरहेका छन् ।
अहिलेसम्म विभिन्न रक्तदाताहरुले रक्तदान गरी जीवन बाचिरहेको छ । उनको पूर्ण उपचार गर्न रक्तकोषिका प्रत्यारोपण गर्नुपर्ने हुन्छ यसको लागि ठुलो धनराशिको खर्च लाग्छ तर भट्ट परिवारको अवस्था नाजुक छ ।
भट्टको उपचार खर्च जुटाउन सामाजिक सञ्जालमार्फत “याधब बचाऔं अभियान” सुरु गरिएको छ । याधबको जीवनरक्षाको लागि सामाजिक सञ्जालमार्फत अभियान सुरु गरिएको अभियन्ता महेश भट्टले बताए ।
अभियन्ता भट्टले व्यक्तिगत १५ हजार सहयोग गरेर अभियानको सुभारम्भ गरेका छन् ।
सहयोग गर्न चाहनुहुने महानुभावले माधव प्रसाद भट्टको ग्लोबल आइएमई बैंक सुन्धारा शाखाको खाता नं ३४०७०१००१६५९ मा रकम जम्मा गर्न सकिनेछ । थप जानकारीका लागि माधव प्रसाद भट्टको मोबाइल नं ९८६६७०३३१७ सम्पर्क गर्न सकिनेछ ।