arrow

राजा त्रिभुवनलाई सम्झदैमा गणतन्त्र ढल्दैन : कमल थापा

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
kamal-thapa_(2)1.jpg

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सद्भाव , सहिष्णुता र उदारताको अभावमा प्रजातन्त्र बलियो हुन नसक्ने बताएका छन् । आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित प्रबचन गोष्ठीमा बोल्दै थापाले २०६२/०६३ को राजनीतिक परिबर्तन पछि २००७ सालको क्रान्तिलाई अबमुल्यन र गलत व्याख्या गर्ने प्रयास भएकोमा आपत्ति प्रकट गरे ।

 प्रजातन्त्रको निमित्त महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने स्वर्गीय राजा त्रिभुवनको बिषयमा एक शब्द पनि खर्च गर्न आबश्यक नठान्नेहरुले इतिहासको सम्मान गर्न नसक्ने थापाको दाबी थियो । "आज प्रजातन्त्र दिबसको अबसरमा शुभकामना सन्देश दिने राज्यका प्रमुख ब्यक्तिहरुको शुभकामना सन्देश हेरे, प्रजातन्त्रलाई बल पुर्याउने युगपुरुष राजा त्रिभुवनको नाम समेत उच्चारण गरिएको देखिएन" भन्दै थापाले भने राजा त्रिभुवनको स्मरणले गणतन्त्र कमजोर हुदैन । निषेध गर्ने सङ्किर्ण मानसिकताले इतिहास प्रती न्याय नहुने थापाको भनाई थियो ।

ईतिहास बिर्सनेहरुले आफ्नो पनि इतिहास सुरक्षित राख्न नसक्ने हुँदा त्यस तर्फ हेक्का राख्न उनको सुझाब थियो । प्रजातन्त्र सित्तैमा खान पाउने "लन्च" नभएकोले यसको निमित्त "मुल्य" चुकाउनु पर्छ भन्दै थापाले राजनीतिक परिबर्तन सङ्गै आर्थिक र सामाजिक रुपान्तरण नभए परिबर्तन दिगो र टिकाउ नहुने बताए ।

सहिष्णुता र उदार भाबनाले मात्र प्रजातन्त्र बलियो हुने भएकोले दक्षिण अफ्रिकाबाट धेरै कुरा सिक्न सकिने चर्चा गरे । मुलुकलाई साम्यवाद र समाजबाद होइन मौलिक प्रजातन्त्र सुहाउने भन्दै थापाले मौलिक मूल्य मान्यता, नेपालीपन र नेपालित्वमा आधारित हुने सम्बर्द्धनबादको बाटोबाट हिडाउन आबश्यक रहेको बिचार ब्यक्त गरे ।

 कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले प्रजातन्त्र बोलिमा मात्र सिमित भएको व्यबहारमा कहि नदेखिएको भन्दै प्रजातन्त्रको जामा भिरेर मनपरितन्त्र र सर्बसत्ताबादको बाटोमा मुलुकलाई हिडाउने प्रयास भैरहेको बताए । कार्यक्रममा राप्रपा नेताहरु मधु अधिकारी, रामहरी न्यौपाने, सिताराम बर्तौला,गुरु प्रसाद सापकोटा ,गुन्जन न्यौपाने र बालकुमारी डल्लाकोटिले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ