arrow

सेनाद्वारा बम निष्क्रिय

logo
रासस,
प्रकाशित २०७६ फागुन १० शनिबार
bomb1.jpg

मार्तडी। यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ। शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताएका छन्।

रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको घरसमेत चर्केको उनले जानकारी दिए। उनका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ