arrow

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो

logo
रासस,
प्रकाशित २०७६ फागुन ११ आइतबार
truck-accident.jpeg

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

आइतबार बिहान ना५ख ३७७७ नंको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो ।

दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ