arrow

प्रधानमन्त्रीको आवरणमा मोजमौजीकार, देशको अपमान, आचारसंहिताको उड्यो धज्जी 

गाउँपालिकामै सार्वजनिक बिदा, विद्यार्थीहरुलाई ट्याक्टरमा ओसारियो

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
oli-birthday.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधि गणतान्त्रिक मुलुकको कार्यकारीको आवरणमा मौजमौजी एक नेताको रुपमा परिभाषित हुँदै गएको छ।आलोचना पटक्कै सुन्न नचाहने र अरुले गरेको सानो सानो गल्तीको पनि टिप्पणी गर्न पछि नपर्ने ओलीले आफ्नो ६९ औं जन्मोत्सव मनाउने क्रममा गर्न नहुने सबै गरे।केकलाई नेपालको नक्साको आकार दिएर काटे। अनि पार्टीको आचार संहिता तोडे।

राष्ट्रवादीको आवरणमा देशकै अपमान
ओली खुवै राष्ट्रवादी नेताका रुपमा चिनिन्छन्। उनले आफू जे हुन् त्यो भन्दा फरक देखाइरहेका हुन्छन् । त्यही फरकपन उनले २०७२ सालको भारतले लगाएको नाकाबन्दीमा गरे। आफूलाई कुनै पनि कुराको अभाव नभएपछि जनताले के गरेका छन् भनी बेपर्बाह गर्ने ओलीले भारतसामु नझुक्ने भन्दै नाकाबन्दी खुलाउन कुनै कुटनीतिक पहल गरेका थिएनन्।

जनताले बुझे कि उनी सबैभन्दा ठूला राष्ट्रवादी हुन्। त्यसैले २०७४ को चुनावमा जिताइदिए। अचम्मको कुरा उनले न त २०७२ मा प्रधानमन्त्री हुँदा देश विकास र जनताका काम गरे न त अहिले नै। उनले भूकम्पले थलिएका नेपालीका लागि मल्हम लगाउने कामसम्म गर्न सकेनन् । तुइन हटाउँछु एक वर्षभित्रै भनेर २०७२ मा सपथ खाएकै दिन बोलेका कुरा अहिलेसम्म पूरा गरेका छैनन्।

संचारमाध्यमले समाचार बनाउँदा उनी पुरानो फोटो तानेर हालेको भनी आरोप लगाउँछन्। गाउँमा अहिले पनि पीडा छ भन्ने उनलाई मतलब छैन। किनकि उनी जन्मोत्सव मनाउन पनि हेलिकोप्टर चढेर जान्छन्। ५६ वर्ष अगाडि नै छाडेको गाउँमा जन्मोत्सव मनाउँछन्। उनी ठूला बिजनेश म्यानजस्ता मनमौजीकार देखिन्छन्।आफ्नो पैसाले गरेको खर्च नभई राज्यको ढुकुटी सकिरहेका छन्। त्यतिमात्र हैन उनले सिंगो देशको अपमान गरेका छन् । नेपालको नक्सा आकारको केक काटेका छन्। 

राज्यद्रोहीको मुद्दा लाग्न सक्छ 
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको यो क्रियाकलाप क्षम्य नहुने बताएका छन्। देशको कार्यकारीले यस्तो गर्नु गम्भरि विषय भएको भन्दै राज्यद्रोहीको मुद्दासमेत लाग्न सक्ने बताए। त्रिपाठीले कानुनमा ठ्याक्कै यसबारे कुनै व्याख्या नभए पनि नियत हेरेर राज्यद्रोहीको आरोपसमेत लगाउन सकिने बताए। ‘स्वयं कार्यकारीले नै यस्तो काम गरेपछि के कार्वाही होला ?’, त्रिपाठीले भने। त्रिपाठीले जनतासंग प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने बताएका छन् । राज्यलाई टुक्रा टुक्रा पार्ने सन्देश दिन खोजिएको हो ? भन्दै उनले ओलीसंग प्रश्न पनि गरेका छन्। 

आफ्नो ६९ ‌औँ जन्मदिन मनाउन तामझामसाथ हेलिकोप्टर चढेर उनी आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर उनले नेपालको नक्साको आकार दिएर बनाइएको केक काटेर उत्सव मनाए। उनले नेपालको नक्सा काटेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा  व्यापक आलोचना भएको छ।

पार्टी आचारसंहिताको उड्यो धज्जी 
ओलीको गतिविधिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आचार संहिताको पनि धज्जी उडेको छ। नेकपाले गत माघ ५ गते पार्टीभित्र विशेष परिपत्र जारी गर्दै आचार संहिता तोकेको थियो। उक्त परिपत्रमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालन गर्नुपर्ने आचारसंहिताको बारेमा उल्लेख गरिएको छ।

आचार संहितामा परिवारभित्र बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने उल्लेख छ। उक्त जारी गरिएको सर्कुलरमा ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’  भनिएको छ।

यो नेकपाका कार्यकर्तादेखि अध्यक्षसम्मलाई लागु हुन्छ। तर ओलीले आइतबार त्यो आचारसंहिता पनि च्यातिदिए। उनले आफैले लाहाछाप लगाएको आचारसंहिताको धज्जी उडाए। काठमाडौंबाट ठूलो जत्था लिएर आफ्नो पुख्र्याली थलो पुगेर उनले नेपालको नक्सा आकारमा बनाइएको केक काटे। 

ओलीसंग आचारसंहिता उल्लंघन र राज्य टुक्रिएको सन्देश दिने खालको केक काटेको साक्षी बन्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी, स्थानीय जनप्रतिनिधिहरु, नेताहरु, सुरक्षाकर्मीहरु लगायत थिए। उनले राज्यसंयन्त्र नै प्रयोग गरेर आफ्नो जन्मदिन मनाए। ओलीको जन्मोत्सव मनाउनका लागि उनी जन्मिएको ईवास्थित निवासको करिब ५० मिटरको दूरीमा हेलिप्याड नै निर्माण गरिएको थियो।

हुनत उनी तेह्रथुम पुगेर कही औपचारिक कार्यक्रममा पनि सरिक भए। कुरा पन्छाउने बहाना त्यो बन्ला। तर के सामाजिक रुपमा खुलेआम पार्टीको आचारसंहिता तोडेर जन्मोत्सव ? 

गाउँपालिकामै सार्वजनिक बिदा 
उनको जन्मोत्सवका लागि आठराई गाउँपालिकामा सार्वजनिक बिदा नै दिइएको थियो। बिदा पाएका कर्मचारी र मातहतका विद्यालयका शिक्षकहरुलाई भने जन्मोत्सव समारोहमा अनिवार्य उपस्थितिका लागि गाउँपालिकाले सूचना नै जारी गरेको थियो। कर्मचारी तथा मातहतका शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि गाउँपालिकाले निर्देशन दिएको थियो।

केक काट्नका लागि विद्यार्थीहरुलाई ट्याक्टरमा ओसारिएको थियो । भोलिका कर्णधारले के बुझ्ने ? उनीहरुको मानसपटलमा के आउला ? अनि विद्यार्थी पढाउन अभिभावकत्व गर्ने एक अभिभावकले आफ्नो जन्मोत्सव मनाउन ट्याक्टरमा विद्यार्थी ओसार्दा कत्तिको सुहाउला ?

अब बाँकी के नै रह्यो र ?

बाँसुरी बजाएको तस्वीरबारे समाचार बनाउँदा पत्रकारले काम पाएनन् भन्ने ओलीलाई देशको कार्यकारी सम्हाल्ने ठेक्का मिलेको छ। तर प्रधानमन्त्री ज्यू यो किसिमको तडक भडक र देशको नक्सा रहेको केक काटेर दिन खोजेको सन्देशबारे पनि जनतालाई केही भन्ने हो कि ! आफूले गल्ती गरेको महसुस भएको भन्दै जनतासंग माफी माग्ने हो कि ! या अबदेखि देशको नक्सादेखि झण्डा बनाएर मज्जैले दूरुपयोग गर्न पाइन्छ भन्ने हो कि ! के आफ्नो देशका लागि ज्यानको बाजी लगाउने देशप्रेमीले यसलाई सहलान् ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ