प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : शेखर कोइराला
सरकार यसरी नै चलाए कांग्रेसले जनतासँग भोट माग्न नै जानु नपर्ने : भण्डारी
प्रकाशित २०७६ फागुन १३ मंगलबार
979
Shares
मणि प्रसाद गैह्रे , कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनु पर्ने बताएका छन् । तौलिहवामा नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन ।
सेक्युरिटि प्रिन्टिग प्रेस खरिदरमा ४ अर्व २० करोड रुंपैया निर्वतमान संचार मन्त्री गोकुल बास्कोटाले घोटला गर्न लागेको कुरा २ महिना अगाडी प्रधानमन्त्रीलाई अडियो थाहा हुंदा पनि कुनै कारवाही र सुनुवाई नगर्नुले प्रधानमन्त्रीको पनि मिलेमतो भएको आशंका समेत उनले व्यात्त गरे । यस्तो अवस्थामा प्रधानमन्त्रीजीले नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानको लागी मार्ग प्रशस्त गर्नुपर्ने कोइरलाले बताएका छन ।
साथै उनले वर्तमान सरकारले ल्याउन लागेको नेपाली सेना संचालन सम्वन्धी विधेयक होस या सूचना प्रविधि विधियक जस्ताको तस्तै पास भएमा नागरिकको सर्वोचता हराउने र लोकतन्त्र नै खतरामा पर्ने बताए । सरकारले सबैधानीक निकायहरु सबै सरकारको कब्जामा राखेको कारण सरकारले जे गरेपनि हुने कामहरु भएको समेत उनले उल्लेख गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुटार जग्गा प्रकरण होस या यति कम्पनीलाई दिएको जग्गा प्रकरण सबै सरकारको आदेशमा सरकारले जे भन्छ त्यो अनुसार मात्र अनुसन्धान गरेको बताए । कुनै मुद्धा परेमा नेकपा बाहेका जो कोही भए प्रकाउ गर्ने वा अनुसन्धान गर्ने र नेकपाका नेता तथा कार्यकर्तालाई उन्मुक्ती दिने मात्र काम गरेको समेत कोइरालाले आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय दिपक गिरीले काण्डै काण्डको सरकारले गरेका कामहरु बारे आम जनतालाई वडा वडामा गएर जानकारी दिनुपर्ने बताए त्यसको लागी अभियान थाल्नु पर्ने बेला आएको बताए ।
त्यस्तै केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले वर्तमान सरकारले अझै तीन वर्ष यसै तरिकाले सरकार चलाए नेपाली कांग्रेस जनताको माझमा भोट माग्न नै जानु नपर्ने वताए । सरकारले जनताको ढाड सेक्ने तथा भष्टचारमा लिप्त हुने र संयौ काण्ड मच्चाएको हुंदा जनता सरकारसंग आजित भएको बताए ।
कार्यक्रममा नेताहरु दिप कुमार उपाध्याय, डा. शोभाखर पाराजुली, डा. गोविन्द्र प्रसाद पोखरेल, अमरसिंह पुन, सुरेन्द्रराज आर्चाय , शिव लम्साल ,कमलेश शर्मा, रोजश आर्चाय , सुधाकर पाण्डेय, इन्द्रिरा भट्राई लगायत बोलेका थिए ।
जिल्ला पार्टी सभापति सुरेन्द्रराज आर्चायको सभापतित्वमा भएको कार्यक्रको स्वागत माधव पराजुली र संचालन सचिव प्रेम बहादुर रायमाझिले गरेका थिए । कार्यक्रममा आसन्न १४ औ महाधिवेनमा पार्टीलाई एक बनाएर लानको लागी सबैले स्थानीय स्तरबाट खबरदारी बनाई पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिएका थिए ।