‘भ्रष्टाचारमा लिप्त जनतामारा सरकारको विरुद्ध एकजुट होऔं’
सरकारले लगाएको सबैखाले करको वृद्धि, महंगी र भ्रष्टाचारविरुद्ध नेविसंघ देशभरका क्याम्पस अगाडि विरोधमा
प्रकाशित २०७६ फागुन १८ आइतबार
406
Shares
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार नीतिगत भ्रष्टाचारमा लिप्त भएको भन्दै भ्रष्टाचार बढाउन सबैखाले कर वृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले माग गरेको छ ।
नेविसंघले जनताको ढाड सेकाउँन गरिएको सबैखाले करको वृद्धि, महंगी, भ्रष्टाचारका विरुद्ध र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सुनिश्चितताको निम्ति आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गर्न लागेको जनाएको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रैस विज्ञप्ति जारी गर्दै आइतबार बिहान ९ देखि ९ः३० बजे देशभरका सम्पूर्ण क्याम्पस अगाडि हुने विरोध प्रदर्शनमा सहभागी बन्न सम्पूर्ण विद्यार्थीलाई आब्हान गरेका छन् ।
उनले ‘भ्रष्टाचारमा लिप्त जनतामारा सरकारको बिरुद्ध एकजुट होऔं’ भनी सम्पूर्ण विद्यार्थीलाई आव्हानसमेत गरेका छन् ।
त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जारी गरेको ४ बुँदे प्रेस विज्ञप्तिमा वृद्धि भएको इन्धनको कर फिर्ता लिन, आयातित पाठ्यपुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता गर्न, ललिता निवास जग्गा प्रकरण, सुरक्षण प्रिंन्टिङ प्रेस खरिद लगायतका भष्टाचारमा मामिलामा तत्काल छानबिन टोली गर्न तथा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तत्काल सार्वजनिक गर्न माग गरिएको छ ।