arrow

वातावरण बिनाशका पछाडि भ्रष्टाचार प्रमुख कारण

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
Corruption.jpeg

धनकुटा । मानव अधिकार तथा शान्ति समाजद्वारा संचालित वातावरणीय अभियानका क्रममा फागुन १७ गते दिउसो धनकुटा सदरमुकाममा नागरिक सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नागरिक अगुवा डा. देबेन्द्रराज पाण्डेले वातावरण बिनाशका पछाडि भ्रष्टाचार एक प्रमुख कारण रहेको धारणा ब्यक्त गरे ।

सभामा बोल्दै अर्का नागरिक अगुवा कृष्ण पहाडीले एकातिर भ्रष्टाचार र अर्कोतिर दण्डहिनता बढ्दै गएकाले आम नागरिकमा निरासा बढ्न थालेको बताए। लोकतन्त्रलाई जोगाउने हो भने आरोपित नेताहरुलाई कानूनको दायरामा ल्याई कारवाही सुनिश्चित गर्न ढिलो गर्न नहुने धारणा ब्यक्त गरे ।

शान्ति समाज धनकुटा शाखाका सभापति घनेन्द्र कुमार सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति उत्तम पुडासैनी, बरिष्ट उपसभापति गोबिनद खनाल, महासचिव सुशिल बस्नेत र थिरेन्द्र बहादुर लिम्बुले मन्तब्य ब्यक्त गरेका थिए ।

सभामा कबि अर्जुन पराजुली, सुदेश सत्याल र केजी सुब्बाले बिकृती र बिसंगतिमाथी प्रहार गर्दै कबिता सुनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ