arrow

वामदेव र युवराजको छिनोफानो हुदै

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
Gautam-Khatiwada.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । लामो समयदेखि मिर्गौलाको समस्या खेप्दै आएका प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिने छ । मिर्गौला प्रत्यारोपण गरिने भएपछि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुने छन् । त्यसअघि  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने वा अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गर्ने बिषयको टुंगो लगाउनुपर्नेछ ।

२५ फागुनमा अर्थमन्त्री खतिवडाको सांसद पद सकिदैछ । यसअघि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले   गरेको निर्णयलाई प्रधानमन्त्री ओलीले अस्विकृत गरेका थिए ।

ओलीले पार्टीको निर्णय आउनु अघि नै मन्त्रीपरिषदले अर्थमन्त्री  खतिवडालाई  म्याद थपका लागि सिफारिस गरिसकेको बताएका थिए । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरण बुधबार गर्न लागिएको बारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा जानकारी गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ