arrow

मोदीले दिए ओलीलाई सफल शल्यक्रियाको शुभकामना

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
Oli-Modi.jpg

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रिया एवं सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

मोदीले आफ्नो निजी ह्यण्डलबाट ट्विट गर्दै  ‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र सिग् स्वास्थ्य लाभको कामना गर्दछु। पशुपतिनाथको कृपाले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जिवन रहोस्। नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुर्‍याउने तपाईको योगदानको प्रतिक्षामा’। (भावानुवाद)

प्रधानमन्त्री ओलीले मोदीलाई धन्यवाद दिंदै नेपाल-भारतको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउन आफु प्रतिबद्ध रहेको बताएका छन्। प्रम ओलीले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो नजिकको साथी रहेको पनि बताएका छन्।

प्रम ओलीले भारतीय प्रमको जवाफमा भनेका छन ‘ मेरो सफल शल्यक्रिया र सिघ्र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद प्रिय प्रम मोदीजी। तपाईको न्याना शब्दहरुले हाम्रो मित्रताको गहिराई झल्काउँछ। ‘ (भावनुवाद)

भारतीय प्रम मोदीले आफ्नो निजी ट्विटर ह्यण्डलबाट ओलीलाई शुभकामना दिएका थिए भने प्रम ओलीले भारतीय प्रमको आधिकारिक ट्विटर ह्याण्डललाई जवाफ फर्काएका छन्। यसबारेमा कुटनीतिक वृतमा छलफल हुने नै छ ।

भारतीय प्रम मोदीको ट्विट:

 

My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.

— Narendra Modi (@narendramodi) March 2, 2020

 

प्रमओलीको जवाफ:

Thank you dear Prime Minister Modiji @PMOIndia. for wishing me successful surgery and speedy recovery. It was thoughtful of you to express such warm words, reflecting our close friendship.

— KP Sharma Oli (@PM_Nepal) March 2, 2020

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ