arrow

प्रधानमन्त्री निवास पुगेर उपराष्ट्रपतिले गरे स्वास्थ्यलाभको कामना

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
Nanda-Bahadur-Pun-firta-news.jpeg

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्  ।

 उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

प्रेस संयोजक घर्तीका अनुसार उपराष्ट्रपति पुनले स्वदेशमा नै मिर्गौला प्रत्यारोपण गरेमा स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्ने विचार प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

विसं २०६७ मा उपराष्ट्रपति पुनको पनि मिर्गौलामा समस्या देखिएपछि स्वदेशमा नै उपचार  भएको थियो ।

प्रधानमन्त्रीको तेह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीले गत तिहारपछि यता नियमित मिर्गौलाको डायलोसिस गराउँदै आएका छन् ।

उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ