सभापति देउवाद्वारा ७ केन्द्रीय कार्यसमिति सदस्यलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन
प्रकाशित २०७६ फागुन १९ सोमबार
884
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका छन् ।
देउवाले एन.पी. साउँदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभागको प्रमुखमा मनोनयन गरेका छन् ।
त्यस्तै केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेत खेलकूद विभाग, बीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग, हरिप्रसाद नेपाल शिक्षा विभागको प्रमुखमा मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको पौडेलले बताए ।