arrow

प्रधानमन्त्री एवं मेरा मित्र ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दछु – देउवा 

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
oli-deuba.jpg.jpeg

काठमडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

सभापति देउवाले मिर्गौला पुनःप्रत्यारोपणका लागि सोमाबर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका हुन् । 

“प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, सभापति देउवाले उल्लेख गरेका छन् ।

यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ