arrow

जेल गए करणीका आरोपी कृष्णबहादुर

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
siddhababa1.jpg

काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जेल चलान गरिएको छ।  जिल्ला अदालत सुनसरीमा उपस्थित भएका गिरीलाई पुर्पक्षमा राखेर अनुसन्धानका लागि झुम्का कारागार पठाइएको छ ।

गिरी अदालतमा उपस्थित भएसँगै प्रहरी अदालत परिसरमै पुगेको थियो। अदालतामा मंगलबार उपस्थित भएका गिरीलाई थुनुवा पूर्जी दिएर कारागार पठाइएको हो ।

मंसिर १६ गते जिल्ला अदालत सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो । त्यसपछि उनी मंगलबार अदालतमा हाजिर भएका हुन् ।

उनले गत कार्तिक ४ गते काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई जबरजस्ती करणी गरेको उनलाई आरोप लागेको हो । पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा केहि दिन अस्पताल पनि बसेका थिए । सुनसरीका न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णबहादुरलाई सात दिन अस्पतालमै निगरानीमा रहने गरी प्रहरी अनुसन्धानका लागि म्याद दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ