arrow

प्रम ओलीको मृगौला प्रत्यारोपण, जसलाई छ ९० वर्षे पिताजीको आशीर्वाद, करिब चार घण्टा लाग्ने

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
oli-pita.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया बुधबार बिहान ९ बजेदेखि सुरु हुँदैछ । 

सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । 

ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए । 

त्यो क्षण अति संस्कारयुक्त र विनम्र एक क्षण भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको जानकारी दिएका छन् । 

उनले प्रेस विज्ञप्ति निकालेर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षण काम गरिएको जानकारी दिएका हुन् । 

मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी चिकित्सकहरुको टोली तयार भएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

उक्त प्रत्यारोपण गर्ने चिकित्सक पनि अहिलेको टोलीमा सहभागी भएका छन् । 

प्रधानमन्त्री ओलीको प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अस्पतालले जनाएको छ । 

ओलीलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ