arrow

बनेनन् मौलिक हकका कानुन, निर्णय कार्यान्वयन गर्न मन्त्री तुम्बाहाङ्फेको ताकेता

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
Dr._Shiva_Maya_Tumbahamphe_.jpg

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदबहाली गर्दा गरेको पहिलो निर्णय कार्यान्वयनका लागि ताकेता गरेकी छिन् ।

मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली निर्माणलाई तीब्रता दिन मन्त्री तुम्बाहाङ्फेले निर्देशन दिएकी छिन् । 

सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै उनले नियमावली निर्माण गरेर ऐन कार्यान्वयनमा सक्रियता देखाउन निर्देशन दिइन् ।

फागुन ५ गते पदबहाली गर्दा मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली २०७६ चैत मसान्तभित्र जारी गर्ने निर्णयलाई सदर गरेकी थिइन् । 

मन्त्रालयका अनुसार हालसम्म ऐन अन्तर्गतका ४ वटा नियमावली जारी भएको छ भने २ वटा विषयका नियमावलीको मस्यौदा सहमति दिई सम्बन्धित मन्त्रालयमा पठाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ