arrow

मोबाइल सेवाको सिष्टम अपग्रेडले डाटाको स्पिड बढ्ने : नेपाल टेलिकम

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
nepal-telecom-building.jpg

काठमाडौं। कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पोलिसी एण्ड च्यान्जिङ फङ्सन (पीसीआरएफ) सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको जनाएको छ।

पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन्। यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज समेत प्राप्त हुने बताइएको छ।

यस स्तरोन्नतिबाट कम्पनीले जीएसएम टुजी-थ्रीजी-फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ