काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । आइतबार बिहान अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
काठमाडौं उपत्यकामा समेत हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी अत्यन्त न्यून भएका कारण हवाइ क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।
त्यसैगरी यातायातका साधनमा समेत समस्या भएको छ । न्यूनतम तापक्रम पनि घटेको छ । दिउँसो देशको पुर्वी र पश्चिमी पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। पुर्वी र पश्चिमी पहाडी भूभागका एक(दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
कुनै चेतावनी नदिइए पनि चिसो बढेका कारण फागुनको अन्त्यसम्म आइपुग्दा पुस–माघको जाडोजस्तै अनुभव भइरहेको छ ।
शनिबार देशका सबै भूभागमा वर्षा भएको थियो ।
सोमबार पनि मुलुकका एक दुई स्थानमा वर्षा हुन सक्नेछ त्यस्तै मंगलबार पनि केही स्थाहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावाना छ।