arrow

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणपछि सञ्चार भएको सन्देश 

logo
  आदर्श केसी,
प्रकाशित २०७६ फागुन २५ आइतबार
adarsh-kc.gif

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका कुरा ब्यवहारमा परिवर्तन नहुँदा सामान्य नागरिकको हैसियतबाट म उहाँको आलोचक हु। उहाँले बोलेका धेरै कुराहरु उहाँकै भनिनेहरुबाटै उलंघन भएपछि उहाँका केही बोलीहरु असान्दर्भिक लाग्नु स्वभाविक नै हो। तर यसपटक केपी ओलीले स्वदेशमै आफ्नो उपचार गर्ने हिम्मत गर्नुभयो यसलाई भने उच्च सम्मान र प्रसंसा गर्न चाहन्छु।

विगतमा स्वयं ओलीले आफ्नो उपचारको लागि राज्यकोषबाट करोडौं रकम लगेर विदेशमा सकेको तितो यथार्थ छ। यस्तो  हुँदाहुँदै पछिल्लोपटक स्वदेशमै उपचार गर्छु भनेर ब्यवहारमा नै उतार्नुले एउटा विश्वास जगाएको छ। सधैं उपचारमा विदेश जाने चलन हटाएर देशमै उपचार गर्छु भन्नू सुधारिएको पक्ष हो। केपी मात्रै होइन यो देशका कार्यकारी पदमा पुगेका प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री नेता, हुने खाने, ठूलाबडा विदेश उपचार गर्न जाने संस्कार एउटा फेसन जस्तै भएको छ। नेपालमै उपचार सम्भव हुदा हुँदै विदेश जाने कामले नेपाली चिकित्सा क्षेत्रप्रतिको अविश्वास त देखिएकै थियो नेपाली अर्थतन्त्रलाई पनि त्यतिकै घाटा थियो। सायद यहि कुरालाई ढिलै भए पनि बुझेर ब्यवहारमा लागू गरेका छन् यो पटक प्रधानमन्त्री ओलीले ।ओलीको यो निर्णय नेपाली चिकित्सा र मेडिकल क्षेत्रमा गरेको ठुलो योगदान हो। देशको कार्यकारी प्रमुखले आफ्नै चिकित्सा क्षेत्रमा गरेको यो एउटा विश्वास हो। यसले  नेपालको चिकित्सा क्षेत्रमा  ठुलो अर्थ राख्छ ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक सफल मिर्गौला प्रत्यारोपण गरिएपछि नेपाली मेडिकल क्षेत्रमा एकदमै सकारात्मक सन्देश दिएको छ। सामान्य बिरामी हुँदा पनि विदेश गएर मुलुकको ढुकुटी रित्त्याउने प्रवृत्तिको कारणले गुमेको इज्जत प्रधानमन्त्री ओलीको यो निर्णयले फर्काइदिएको छ। शिक्षण अस्पतालमै ‘किड्नी’ प्रत्यारोपण गराएर प्रधानमन्त्रीले ढुकुटीको रकम विदेशीनबाट रोक्नु मात्र भएन नेपाली चिकित्सा क्षेत्रको विश्वास पनि जित्नुभयो।

आज विश्वभरका राष्ट्र प्रमुखले स्वास्थलाभको कामना तथा नेपालमै मृगौलाको सफल प्रत्यारोपण गरेकोमा ओलीलाइ बधाई दिईरहेका छन्।त्यो बधाई केवल केपी ओलीलाइ मात्रै होइन, त्यो बधाई नेपाली चिकित्सा क्षेत्रलाई पनि हो,नेपाली जनतालाई पनि हो। अन्तर्राष्ट्रियस्तरबाट आएका ती बधाईहरु नेपाली चिकित्सक तथा नेपालको मेडिकल क्षेत्र सफल छ भन्ने विश्वास सहितका बधाई हुन्। हामीले गौरव गर्नुपर्छ यदि प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण अप्रेसन सफल नभएर तलमाथि भएको भए सायद यहाँको मेडिकल तथा चिकित्सा क्षेत्रमाथि केही प्रश्नहरु उठन सक्थे। नराम्रो सन्देश जान्थ्यो,अर्थात हाम्रो चिकित्सा क्षेत्र असक्षम पनि भन्न सकिन्थ्यो होला। मलाई लाग्छ प्रधानमन्त्रीको स्वदेशमै मृगौला प्रत्यारोपण समग्र नेपाली चिकित्सा क्षेत्रको एउटा सफल परिक्षण हो। राष्ट्र प्रमुख, मन्त्री, नेता तथा हुने खानेको पनि अब नेपालमै उपचार सम्भव छ भन्ने परिक्षण सफल भएको हो। अब यो देशका उच्चपदस्थहरुले पनि हाम्रो नेपाली मेडिकल क्षेत्र, चिकित्सा क्षेत्र तथा हाम्रा चिकित्सकहरुको क्षमताको विश्वास गरौ। बरु राज्यकोषबाट खर्चेर विदेश जानू भन्दा त्यहि खर्च नेपाली  स्वास्थ क्षेत्रमा लगानी गरि अपगु आधुनिक प्रविधिको विकास गरौ। चिकित्सकहरुको क्षमता विकास गरौ। अरु देशबाट यो देशमा उपचार गर्न आउने वातावरण बनाओै। यहाँको मेडिकल पर्यटन विकास गरौ।यहि उपचार हुन सक्ने अवस्थामा विदेश गएर नेपालको इज्जत र ढुकुटी नफालौ। नेपालमा सरकारि हुन या नीजि क्षेत्रका हुन अति सुविधा सम्पन्न सफल अस्पतालहरु छन् तिनको सुविधा उपयोग गरौ। बरु स्वास्थ क्षेत्रलाई सस्तो र सहुलियतपूर्ण बनाऔं।

पञ्चायतकालमा राजा तथा राजपरिवारका सदस्यले मुलुकभित्रै उपचार गराउँने गरेका थिए भनिन्छ। त्यहि कारणले हामीले उनिहरुको यस्तो कार्यको अहिले पनि प्रसंसा गर्छौं । तत्कालिन राजा वीरेन्द्रले ८–१० वर्षको उमेरमा दीपेन्द्रलाई ‘गलस्टोन’ हुँदाखेरि वीर अस्पतालमै अपरेसन गराएको मैले पढेको छु। राजदरबारले बाहिर लैजान नसकेर दीपेन्द्रको अपरेसन यहीँ गरेको त होइन होला? तर पञ्चायतकालको भन्दा पनि भ्रष्ट तरिकाले राज्यकोषबाट रकम दुरुपयोग गरेर विदेश उपचार गर्न जाने चलन अब यहिबाट अन्त्य गरौ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ